युरोकप फुटबलमा बेल्जियमको विजयी सुरुवात

२९ जेठ ७८, आइतबार

३० जेठ, काठमाडौं ।

Advertisement

युरोकप फुटबलमा बेल्जियमले विजयी सुरुवात गरेको छ । गएराति भएको समूह चरणको पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० गोल अन्तरले पराजित गर्यो ।

पहिलो हाफमा २–० को अग्रता लिएको बेल्जियमले दोस्रो हाफमा थप एक गोल गर्यो । बेल्जियमका लागि रोमेलु लुकाकुले दुई गोल गरे भने थोमस मुनिएरले एक गोल गरे ।

Advertisement

खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । त्यसपछि खेलको ३४ औं मिनेटमा मुनिएरले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसैगरी खेलको ८८ औं मिनेटमा लुकाकुले फेरि गोल गरे ।

जितसँगै समूह ’बी’मा रहेको बेल्जियमले ३ अङ्क जोडेको छ । यो समूहमा रहेको फिनल्याण्डको पनि ३ अङ्क नै रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top