यो हप्ताभरि नै मनसुन सक्रिय रहने : सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने

२९ जेठ ७८, आइतबार

३० जेठ, काठमाडौं ।

यो हप्ताभरि नै मनसुन सक्रिय रहने मौसमविद्ले बताएका छन् । अस्ति २८ गते भित्रिएको मनसुन यो हप्ताभरि नै सक्रिय रहने र यसले गर्दा देशका धेरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार अहिले प्रदेश–१ र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुनी वायुको प्रभाव परेको छ । यो बिस्तारै देशभर फैलिने र एक÷दुई दिनभित्रै देशभरको मौसम बद्ली भइ हल्कादेखि ठूलो पानी पर्ने मौसमविद् पौडेलले बताए ।

यो हप्ता सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र पश्चिम तराईका जिल्लाका केही ठाउँमा ठूलो पानी पर्ने हुँदा सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । अन्य ठाउँमा भने सामान्यदेखि हल्का वर्षा हुनेछ । यसैबीच, अहिले देशभरको मौसम बद्ली भएको छ ।

मनसुनी वायुको प्रभावका अहिले गण्डकी, लुम्बिनीको तराईका जिल्ला र प्रदेश–१ का केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलले दिउँसो पनि देशभरको मौसम बद्ली रहने बताउनु भएको छ । यस्तै, राति पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top