काठमाडौँभित्र रोकिएको कोभिडविरुद्धको खोप अभियान छिटै सुचारु हुने

२९ जेठ ७८, आइतबार

३० जेष्ठ, काठमाडौँ ।
२८ गतदेखि रोकिएको खोप लगाउने कार्यक्रम छिटै सुचारु गर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

६० देखि ६४ वर्ष उमेर समूहकालाई कोभिडविरुद्धको भेरोसेल खोप लगाउने अभियान पुनः सुचारू हुने भएको हो ।

यस अघि महानगरभित्रको सबै वडामा खोप कार्यक्रम सञ्चालन गरिएको भए पनि वडा–वडामा भिडभाड बढेकाले अस्पतालमा खोप लगाइने महानगरका कोभिड फोकल पर्सन ज्ञानु ओलीले जानकारी दिए ।

उनका अनुसार वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने छ । काठमाडौँ स्वास्थ्य कार्यालय, काठमाडौँ जिल्ला प्रशासन र काठमाडौँ महानगरपालिकाबीच पुनः खोप सञ्‍चालन कार्यक्रम कसरी गर्न सकिन्छ भनी छलफल भएको ओलीले जानकारी दिए ।

१० देखि ११ हजार मानिसलाई खोप लगाउन सकिन्छ, उनले भने, लगाउने मिति सम्मभवतः भोलि वा पर्सिदेखि सुरू हुन्छ । खोप लगाउने मिति सम्भवतः आज सार्वजनिक गर्छौ ।

यसअघि महानगरले २५ गतेबाट ३२ वटै वडामा सञ्‍चालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भएपछि स्थगित भएको थियो । तीन दिनमात्र खोप लगाएको थियो ।

६० देखि ६४ वर्ष उमेर समूहका २८ हजार मानिसलाई खोप लगाइ सकिएको छ । महानगरले गत मंगलबारदेखि पाँच दिनसम्म उमेर समूह अनुसार दिन तोकेर खोप कार्यक्रमको तालिका सार्वजनिक गरेको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top