×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बेलायतमा दुई व्यक्तिमा देखियो मंकिपक्स भाइरसको संक्रमण

३० जेष्ठ २०७८

३० जेष्ठ, एजेन्सी ।
बेलायतमा दुई व्यक्तिमा मंकिपक्स भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो एउटा दुर्लभ भाइरस हो । बेलायतको वेल्समा मंकिपक्सका दुई संक्रमित भेटिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । वैज्ञानिकहरूका अनुसार यो भाइरस प्राय अफ्रिकामा पाइन्छ ।

Advertisement
Advertisement

यो भाइरसबाट संक्रमित भएका दुई जना लामो समययता घरभित्र बस्ने गरेका थिए । त्यसैले मानिसहरूमा त्रास बढेको छ । मंकिपक्सका दुवै संक्रमितलाई अस्पतालमा भर्ना गरिएको थियो ।

तीमध्ये एक जना डिस्चार्ज भएका छन् भने अर्का एकको उपचार जारी छ । पब्लिक हेल्थ इंग्ल्याण्डले यो भाइरसको संक्रमणबारे अध्ययन थालेको छ । पब्लिक हेल्थ वेल्सका सल्लाहकार रिचर्ड फर्थका अनुसार बेलायतमा मंकिपक्सको संक्रमण दुर्लभ हो ।

यद्यपि, यो भाइरसबाट मान्छेलाई जोखिम निकै कम हुन्छ । पछिल्लो संक्रमणको संकेत र सम्भावनाहरूबारे अध्ययन थालिएको उनले बताए । विशेषज्ञहरूका अनुसार यो भाइरसका पश्चिमी अफ्रिकी र मध्य अफ्रिकी गरि दुई प्रजाति छन् ।

यो बढीजसो मध्य र पश्चिम अफ्रिकी देशको दूरदराजमा मात्रै पाइने गरेको छ । मंकिपक्स भाइरस धेरै घातक हुँदैन । संक्रमणको सम्भावना पनि निकै कम हुने विशेषज्ञहरू बताउँछन् ।

Advertisement

मंकिपक्सको संक्रमण हुँदा सुरुमा ज्वरो आउने, टाउ, कमर, मांसपेशी दुख्ने हुन्छ । मंकिपक्स भाइरस १४ देखि २१ दिनसम्म रहन्छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top