स्वास्थ मापदण्ड पालना नगरेपछि ब्राजिलका राष्ट्रपतिलाई जरिवाना

३० जेष्ठ, एजेन्सी ।
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई जरिवाना गरिएको छ ।

Advertisement

कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएको मापदण्डको पालना नगरेको भन्दै बोल्सोनारोलाई जरिवाना गरिएको हो । साउ पाउलोस्थित प्रान्तीय सरकारले उनलाई १ सय ८ अमेरिकी डलर बराबरको जरिवाना गरेको छ ।

उनीमाथि सामाजिक दुरी कायम नगरी तथा मास्क नलगाइ र्‍यालीमा सहभागी भएको भन्दै जरिवाना गरिएको हो । राष्ट्रपति बोल्सोनारो ब्राजिलको साउ पाउलोमा भएको एक मोटरसाइकल र्‍यालीमा सहभागी भएका थिए ।

Advertisement

उक्त र्‍यालीमा सहभागी कसैले पनि मास्क लगाएका थिएनन् । कोरोना भाइरसलाई सुरुदेखि नै महत्व नदिएका बोल्सोनारोले खोप लगाएकाहरूले मास्क लगाउनु नपर्ने बताएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top