×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

निर्यात रोकिँदा १ अर्बको तयारी कपडा मौज्दात

३१ जेष्ठ २०७८

३१ जेठ, काठमाडौं ।

निर्यात बन्द भएपछि करीब १ अर्ब रुपैयाँको तयारी कपडा नेपालमै मौज्दात रहेको छ । कोरोना महामारीपश्चात् हवाईभाडा र पानिजहाज दुवैतर्पmको भाडादर बढेकाले महँगो भाडादर तिर्न समस्या भएपछि तयारी कपडा उद्योगहरूसँग करीब १ अर्ब रुपैयाँको कपडा मौज्दात रहन गएको हो ।

Advertisement
Advertisement

उद्योगहरूले निषेधाज्ञाअघि नै उत्पादन गरेका हाफपाइन्ट, टीसर्ट, सर्ट, ट्राउजरलगायत सामान अहिलेसम्म गोदाममै मौज्दात रहेका छन् । यतिबेला यूरोपेली मुलुकबाट नेपालमा उत्पादित तयारी कपडाको माग भइरहेको भए पनि हाल माहामारीका कारण भाडादरमा अत्यधिक वृद्धि हुँदा व्यवसायीहरूले आफूले चाहेर पनि सामान निर्यात गर्न नसकेको बताउँदै आएका छन् ।

निर्यातकर्ताहरूले अहिले सामानको निर्यात गर्दा सामान्य अवस्थाको तुलनामा करीब ३ गुनासम्म बढी भाडा तिर्नुपर्ने अवस्थाको सृजना भएको छ । यसअघि हवाई मार्गमार्फत यूरोप र अमेरिकामा सामान निर्यात गर्दा प्रतिकिलो सामानको मूल्य ३ डलर पर्ने गथ्र्याे भने अहिले यो मूल्य बढेर ९ डलरसम्म पुगेको छ ।

त्यसैगरी पानीजहाजमार्फत निर्यात गर्दा पनि भाडादर उत्तिकै महँगो छ । यसअघि प्रतिकन्टेनर १४ सय डलर रहेको पानिजहाजको भाडा अहिले बढेर २२ सय डलरसम्म पुगेको गारमेन्ट एशोसिएशन अफ नेपालले जानकारी दिएको छ ।

नेपालमा उत्पादित तयारी कपडाहरू जर्मनी, फ्रान्स, हंगेरी, डेनमार्क, इटाली, नर्वेलगायत यूरोपेली देशहरू र अमेरिका, अस्ट्रेलिया, क्यानडामा समेत निर्यात हुने गर्छ । यद्यपि नेपाली तयारी कपडाको मुख्य बजारचाहिँ यूरोप नै हो । जहाँ कुल उत्पादनको करीब ७० प्रतिशत सामान खपत हुने गर्छ ।

गतवर्षको निषेधाज्ञामा पनि सवा १ अर्बभन्दा बढीको सामान गोदाममै थन्किएको थियो । भाडा तिर्न समस्या भएर उत्पादित सामान निर्यात गर्न नसकिएपछि उद्योगहरूले आप्mनो उत्पादन क्षमतालाई समेत घटाएर करीब ३० प्रतिशतमा सीमित गरेको एशोसिएशनका अध्यक्ष अशोक अग्रवालले बताए ।

Advertisement

उत्पादन घटाउँदा त्यसको प्रत्यक्ष मार उद्योगमा काम गर्ने श्रमिक वर्गमा परिरहेको पनि उनले जानकारी दिए । अहिले नेपालमा सञ्चालित ५० उद्योगहरूका करीब १० हजार श्रमिकमध्ये ५० प्रतिशतले रोजगारी गुमाइसकेका छन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top