‘अवरुद्ध सडक खुलाउन एक सय ९५ ठाउँमा हेभी इक्युपमेन्ट तयारी अवस्थामा’

३१ जेठ, काठमाडौं ।

वर्षाका कारण बाढी र पहिराले अवरुद्ध सडक तत्काल खुलाउन सडक विभागले तयारी सुरु गरेको छ । त्यसका लागि एक सय ९५ ठाउँमा हेभी इक्युपमेन्ट तयारी अवस्थामा राखिएको विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिए ।

उनका अनुसार यतिले पुगेन भने निजी क्षेत्रसँग भएका मेसिनहरु पनि प्रयोग गर्न सक्ने गरी सम्बन्धित सडक डिभिजन कार्यालय तथा योजना कार्यालयहरुलाई भनिसकिएको छ । राजमार्ग अवरुद्ध भएमा दुईदेखि चार घण्टाभित्र र अरु ठाउँमा आधा घण्टाभित्र सञ्चालन गरिसक्ने गरी तयारी गरिएको हो ।

कोरोना विरुद्धको खोप, औषधि, अक्सिजनलगायतका स्वास्थ्य सामग्री आउने सडकलाई लामो समय अवरुद्ध हुन नदिने गरी तयारी गरिएको विभागको भनाइ छ । यस वर्ष गएको वर्षभन्दा धेरै वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । त्यस कारण सडकमा बढी क्षति पुग्नसक्ने अनुमान गरिएको छ ।

सडक विभागले पहिरो र बाढीको जोखिम भएका सडकको पहिचान गरी त्यसका आधारमा तयारी अघि बढाएको हो । देशभरमा डिभिजन सडक कार्यालय र हेभी इक्युपमेन्ट कार्यालयमार्फत उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखिएको हो । गएको वर्ष मनसुनको समयमा सडक नै भासिएर लामो समय अवरुद्ध बनेको अरनिको राजमार्ग यस वर्ष लामो समय अवरुद्ध हुने अवस्था नआओस् भनेर तयारी भइरहेको उपमहानिर्देशक नेपालले बताए । सामान्य पहिरो तुरुन्त सफा गर्न सकिने भए पनि सडक नै भासिँदा वा ठूलो पहिरो जाँदा तत्काल हटाउन गाह्रो हुन्छ।

विभागले सामान्य पहिरो भएमा तुरुन्त खुलाउन सकिने भए पनि पूरै हटाउन नसक्ने अवस्थामा एकातर्फको पहिरो हटाएर पनि सडक सञ्चालन गर्दै आएको छ । सडकको एक छेउबाट गाडी आवतजावत गर्नसक्ने गरी खुलाइने गरिएको छ ।

सडक पूरै भासिएर एकातर्फसमेत खुलाउन नसकिने भएमा अर्को कुनै वैकल्पिक सडकको खोजी गरिन्छ । विभिन्न विकल्पमध्ये सडकको अवस्था हेरेर उपयुक्त विकल्प खोजिने उनले बताए ।

‘सडक विभागको कार्यक्षेत्र पछिल्लो समय बढ्दै गएको छ । राजमार्गको लम्बाइ पनि बढ्दै गएको छ । जनशक्ति, मेसिन र औजारको क्षमता केही हदसम्म बढ्दै गएको भए पनि बन्द भएको सडक छिटोभन्दा छिटो खुलाउनका लागि सम्बन्धित सबैसँग सहकार्य आवश्यक छ’ उनले भने ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top