कर्णालीका १० जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री वितरण

३० जेठ ७८, सोमबार

३१ जेठ, काठमाण्डौँ ।

आनी छोइङ डोल्मा फाउण्डेशन र प्रारम्भ सामाजिक संस्थाको संयुक्त सहयोगमा कर्णाली प्रदेशका १० जिल्ला अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

कोभिड–१९ विरुद्धको अभियानस्वरुप दुवै संस्थाले कर्णालीका १० जिल्ला अस्पताललाई दुई–दुई थानका दरले २० थान अक्सिजन कन्सन्ट्रेटर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमार्फत वितरण गरिएको हो । यसअघि पनि सो संस्थाले सरकारी, सामुदायिक तथा आइसोलेशन केन्द्रलाई कोभिड–१९ सम्बन्धी विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

आनी छोइङ डोल्मा फाउण्डेशनका अध्यक्ष तथा गायिका डोल्मा, सिङ्गापुर रेडक्रसका लागि नेपाल प्रतिनिधि प्रारम्भका अध्यक्ष कल्पना क्षेत्री एवं सदस्य सनैना क्षेत्रीले संयुक्तरुपमा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेकी हुन् ।

हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवाल, काभ्रेका सभापति बद्रीराज तिमल्सिना, सुर्खेतका सभापति ललित बसेल, युवा व्यवसायी तथा सामाजिक अभियानकर्मी यदु भट्टराई, मनोज पुरी तथा सुर्खेत उद्योग वाणिज्य सङ्घका पदाधिकारीको उपस्थिति थियो ।

कोरोना महामारीको पहिलो लहरदेखि नै स्वास्थ्य सामग्री लगायतका सहयोग गर्दै आएको प्रारम्भ र आनी छोइङ डोल्मा फाउण्डेशनले नयाँ भेरियन्टसहितको महामारी फैलिएसँगै भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पिपिई अक्सिमिटर, फस्र्ट एड किट्सलगायत सामग्री सहयोग उपलब्ध गराउँदै आएको नेपाल पत्रकार महासङ्घ काभ्रेका सभापति तिमल्सिनाले राससलाई बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top