जनगणनाको काम साउनबाट सुरु गर्ने तयारी

३१ जेठ, काठमाडौं ।

कोरोना भाइरस (कोभिड १९) महामारीका कारण स्थगित भएको राष्ट्रिय जनगणना कार्यक्रम साउन महिनादेखि सुरु गर्ने गरी विभागले काम अघि बढाएको जनाएको छ ।

तथ्याङ्क विभागका जनगणना शाखा प्रमुख डुण्डीराज लामिछानेका अनुसार कोरोना महामारीको अवस्था असारसम्ममा कम भए सरकारसँग अनुमति लिएर साउनदेखि शुरु गरेर भदौ वा असोज भित्रमा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई हेर्ने र सरकारले गर्ने निर्णयका आधारमा गणनाका काम अघि बढाइने लामिछानेले बताए । यसअघि विभागले सुपरिवेक्षक नियुक्त गरी पाँच दिन तालिम दिइसकेको र दुई दिनको तालिम दिन बाँकी छ ।

यता विभागले १२ औं जनगणना गर्न प्रत्यक्ष रुपमा जनतासमक्ष पुग्नका लागि ४३ हजार गणक नियुुक्ति प्रक्रियासमेत साउनबाटै सुरु गर्ने जनाएको छ । गणक नियुक्तिसँगै तालिम दिएपछि तत्काल फिल्डमा खटाएर गणना सुरु गर्ने लक्ष्य राखेको छ ।

महामारीको अन्त्य हुन नसके के गर्ने भन्ने विषयमा विभागले सरकारसँग राय माग गर्ने तयारी सुरु गरेको जनाएको छ । दश÷दश वर्षमा गरिने राष्ट्रिय जनगणना कार्यक्रमको करिव ८५ प्रतिशत काम सम्पन्न गरिसकेको विभागले जनाएको छ ।

यसअघिको कार्यतालिका अनुसार तालिम गोष्ठीलगायत प्रत्यक्ष जनतासँग सम्पर्क हुनुपर्ने कार्यक्रम भएकाले तत्कालका लागि स्थगित गर्ने तथ्याङ्क विभागको अनुरोधमा मन्त्रिपरिषद्ले स्थगित गरेको थियो ।

वैशाख १५ गतेदेखि सुपरीवेक्षकहरुका लागि तालिम दिन सुरु गरे पनि यो तालिम बीचैमा स्थागित भएको थियो । कार्यतालिका अनुसार वैशाख २६ गतेदेखि देशैभरका ४३ हजार गणकहरुलाई तालिम दिने तयारी थियो ।

गणकलाई तालिम दिएपछि तत्कालै जेठ २५ देखि फिल्डमा पुगेर असार ८ गतेसम्म गणना सुरु गर्ने कार्यतालिका थियो । विभागले एक गाउँपालिकामा १० जनासम्म गणक पठाएर गणना गर्नेछ । दश वर्षपछि हुने जनगणना कार्यक्रम मात्र नभएर राष्ट्रिय पर्वको रुपमा लिएर यो कार्यक्रम गर्ने तयारी सरकारको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top