निषेधाज्ञामा ७८ कैदीबन्दी थपिए

३१ जेठ ७८, मंगलबार

१ असार, चितवन ।

कारागार कार्यालय चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिएका छन् । कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर जिल्ला अदालतबाट १४, चितवन जिल्ला अदालतबाट ६३ र मकवानपुरबाट एक जना कैद सजाय र पुर्पक्षका लागि पठाइएका हुन् ।

कोरोना कहरका कारण स्थानीय प्रशासनले गत वैशाख १७ गतेदेखि गरेको निषेधाज्ञाका समयमा सो सङ्ख्यामा कैदीबन्दी थपिएको उनले जानकारी दिए । उनका अनुसार थपिनेमा चितवनका मध्ये लागूऔषधका २३, जबर्जस्तीकरणीका १४, सवारी ज्यान मुद्दाका १२ र चोरी मुद्दाका सात जना रहेका छन् ।

यस्तै खोटा चलानका चार, काठ तस्करका तीन, ज्यान मार्ने उद्योग, अभद्र व्यवहार, सरकारी कागाजात किर्ते र कर्तव्य ज्यानका दुई÷दुई, जिउ मास्ने बेच्ने एक तथा गैँडा तस्कर एक जना रहेका छन् ।

यस्तै नवलपुर जिल्ला अदालतबाट आएकामध्ये सबैभन्दा धेरै लागूऔषध मुद्दाका रहेका छन् । लागूऔषध मुद्दामा चार, जबर्जस्तीकरणीमा तीन, सवारी ज्यानमा दुई र बहुविवाहका दुई जना रहेका छन् । काफ्लेका अनुसार बैंकिङ कसुर, भ्रष्टाचार र डाँका मुद्दाका एक÷एक जना रहेका छन् ।

मकवानपुरबाट लागूऔषध मुद्दाका एक जनालाई कारागार कार्यालय चितवन पठाइएको छ । सोही समयावधिमा कार्यालयबाट ६२ जना छुटेका छन् । गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते राष्ट्रपतिबाट आम माफी पाएका १६ र अन्य कैद भुक्तान गरेर र अदालतबाट मुद्दा फैसला भएर छुटेका हुन् ।

यस समयमा कारागार आएका कैदीबन्दीलाई कारागारभित्रै १५ दिन क्वारेन्टिनमा राख्ने गरिएको छ । क्वारेन्टिनका लागि भित्र छुट्टै कोठाको व्यवस्था गरिएको उनले बताए । अहिले कारागार कार्यालय चितवनमा ६७५ कैदीबन्दी रहेका छन् ।

पच्चीस जनाको क्षमता रहेको महिला बन्दीगृहमा ५२ र २५५ जना क्षमताको पुरुष बन्दीगृहमा ६२३ कैदीबन्दी रहेका छन् । कारागारमा तीन आश्रित बालिका रहेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top