आजदेखि तीन महिना जथाभाबी सडक खन्न नपाइने, स्वीकृति लिइसकेका कामलाई भने निरन्तरता

१ असार, काठमाडौँ । आजदेखि जथाभाबी सडक खन्न नपाइने भएको छ । बर्खामा सडक खन्ने प्रवृत्ति बढेसँगै आजदेखि भदौ मसान्तसम्म यसलाई रोक लगाइएको सडक विभागअन्तर्गतको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले जनाएको छ ।

बर्खायाममा धारा, ढल, बिजुली र टेलिफोन प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी पुरानै अवस्थामा ल्याउन नसकिने भन्दै सडक खन्न रोक लगाइएको हो ।

नियम अटेर गर्दै कसैले सडक खनेको पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही हुने पनि कार्यालयले जनाएको छ । अहिले सडक खन्दा तुरुन्तै कालोपत्र तथा मर्मत गर्न नसकिने हुँदा सडकको अवस्था थप बिग्रँदै जाने भएकाले खन्न रोक लगाइएको सडक विभागका प्रवक्ता एवं सूचना अधिकारी शिवप्रसाद नेपालले जानकारी दिए ।

उनका अनुसार अहिले विस्तार भइरहेका सडकको कामलाई निरन्तरता दिन भने पाइन्छ । यस्तै, पहिल्यै स्वीकृति लिइसकेको मेलम्चीको पाइप बिछ्याउने र लिकेजको काम गर्न पनि पाइन्छ । तर, तर नयाँ सडक भने खन्न पाइँदैन । अत्यावश्यक नै परे सम्बन्धित निकायसँग अनुमति लिनुपर्दछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top