गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित, दिउँसो ४ बजे बजेट सार्वजनिक हुने

३१ जेठ ७८, मंगलबार

१ असार, कास्की ।

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको तर्फबाट पेस गर्नुभएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

मङ्गलवार बिहान बसेको प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्यले नीति तथा कार्यक्रममाथि आ–आफ्नो धारणा राखेका थिए । प्रदेश सभा सदस्यले उठाएका विषयमा मुख्यमन्त्री पोखरेलले जवाफ दिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले प्रदेश सरकारले असार १ गते बजेट संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार गण्डकी प्रदेश सरकारले पनि आज बजेट सार्वजनिक गर्दै छ ।

त्यसअघि संसदबाट नीति तथा कार्यक्रम पारित गरिएको हो । गण्डकी प्रदेशमा आउँदो वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा कम आउने भएको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ को बजेट ३४ अर्ब ८४ करोड रहेको थियो । गएको आर्थिक वर्ष २०७६÷०७७ धेरै बजेट खर्च हुन नसक्दा यस वर्षको बजेटको आकार बढाइएको थियो ।

प्रदेश सरकारका मन्त्रीहरूलाई जिम्मेवारी नतोकिँदा आउँदो वर्षको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दिउँसो ४ बजे पेस गर्ने कार्यक्रम रहेको छ ।

गएको शनिवार नियुक्त हुनुभएका मुख्यमन्त्री नेपाली पोखरेलले त्यसै दिन चार जना मन्त्री नियुक्त गर्नुभएको भए पनि जिम्मेवारी भने बाँडफाँड गर्नुभएको छैन ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top