मनाङ बाढी अपडेट : ३ सय जनालाई सुरक्षित ठाउँमा सारियो, सुरक्षाकर्मीसँगै जनप्रतिनिधि पनि उद्धारमा खटिए

३१ जेठ ७८, मंगलबार

१ असार, मनाङ ।

हिमाली जिल्ला मनाङमा बाढी आएपछि विस्थापित भएका तीन सय जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।

डुबानमा परेका ताल गाउँ, चामे बजारका स्थानीयवासीसँगै जोखिममा रहेका अन्यलाई पनि सुरक्षित ठाउँमा सारिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

‘विस्थापित तथा जोखिममा रहेका गरी झन्डै तीन सय स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको छ’, उनले भने, ‘सुरक्षा निकायका साथै जनप्रतिनिधि अहिले उद्धार तथा विस्थापितहरूको स्थानान्तरणमा जुटिरहेका छन् ।’

उनका अनुसार बाढीका कारण मनाङको नासोँ गाउँपालिका–१, ताल गाउँका ५० घर र मनाङ सदरमुकाम चामेका पाँच घर डुबानमा परेका छन् । बाढीले चामेकै तीन घर बगाएको छ भने १६ घर उच्च जोखिममा रहेका छन् ।

बाढीले तिमाङ खोलाको बेलिब्रिज, मनाङको नयाँ बजारमा रहेको घट्टेखोलाको काठेपुल बगाएको छ भने पक्की पुलमा पनि नोक्सानी गरेको छ ।

बाढीले जिल्ला हुलाक कार्यालय र तिमाङ खोलामै रहेको ३२ किलोवाटको स्याल्क्यु खोला लघु जलविद्युत् गृह पनि बगाएको प्रजिअ लामिछानेले बताए । अहिले त्यहाँ बिजुली बत्तीको आपूर्ति ठप्प भएको उनले जानकारी दिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top