पेट्रोलियम पदार्थ बिक्री वितरणमा संलग्न सबै मजदुरले कोरोना खोप पाउने

१ असार, काठमाडौं ।

Advertisement

पेट्रोलियम पदार्थ बिक्री वितरणमा संलग्न सबै मजदुरले खोप पाउने भएका छन्। खोप दिन सरकार सहमत भएपछि सबै मजदुरले कोरोनाविरुद्धको खोप पाउने भएका हुन् ।

पम्प व्यवसायीहरूले खोपको व्यवस्था नभए बुधबारदेखि तेल खरिद नगर्ने चेतावनी दिएपछि निगमले सबै मजदुरलाई खोपको व्यवस्था गरेको हो।

Advertisement

ट्यांकर चालकलाई बलम्बु पुलिस हस्पिटलबाट खोप लगाइने निगमका एक उच्च कर्मचारीले बताए । निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउने सहमति भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top