×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मेलम्ची बजार बाढीको जोखिममा, हेलम्बुमा हराएका ६ जना अझै सम्पर्कविहीन

२ असार, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढी मेलम्ची बजारमा समेत पस्ने जोखिम बढेको छ । इन्द्रावती र मेलम्चीमा आएको बाढी हिजो हेलम्बु बजारमा पसेको र बिहान मेलम्ची बजारमा समेत पस्ने जोखिम बढेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।

Advertisement
Advertisement

हिजो बेलुकी मेलम्ची खोलामा पानीको सतह निकै घटेकोमा बिहानीपख बढ्न थालेको र कतै खोला थुनिएर खुल्न थालेको आशंकामा स्थानीयबासिन्दा त्रसित रहेका उनले बताए । बजारका बासिन्दाले घर छाडेर केही माथि सरेका छन् ।

हिजो हेलम्बुमा बाढी पसेको बेला भागेकामध्ये ६ जना अहिले पनि सम्पर्कविहीन छन् । नेपाली सेना र नेपाल प्रहरीले उनीहरुले खोजी गरिरहेको तर मोबाइल बन्द रहेकाले राति भेटाउन नसकेको र आज बिहानैदेखि खोजी भैरहेको प्रजिअ पोखरेलले बताए ।

बाढीले हेलम्बुका थुप्रै घरमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन भैरहेको उहाँले बताउनुभयो । मनसुन नेपाल भित्रिएसँगै देशका धेरै ठाउँमा पानी परिरहेको छ ।

भारतको पूर्वी उत्तर प्रदेश तथा बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण अझै चार–पाँच दिन देशका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको केहि ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

Advertisement

पानी परेसँगै विभिन्न नदीमा पानीको सतह पनि बढेको छ । अहिले नारायणी नदीमा पानीको वहाव बढेकोले म्याग्दी, स्याङ्जा, चितवन र गुल्मीका तटीय क्षेत्रहरुमा चेतावनी जारी गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top