बहुमत पुर्‍याउन ठाकुरले थपे १७ कार्यकारिणी समितिको सदस्य

२ असार, काठमाडौं ।

कार्यकारिणी समितिमा बहुमत जुटाउन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा आफूनिकट १७ जना व्यक्तिलाई मनोनित गरेका छन्। ठाकुरले मनोनित गरेको सबै जना ठाकुर र राजेन्द्र महतो निकट मात्र छन्। ठाकुरले आफूनिकट ११ जना र महतोनिकट ६ जना नेतालाई कार्यकारिणी समितिको सदस्य बनाएका छन्।

ठाकुरनिकट स्रोतले दिएको जानकारी अनुसार ठाकुरले यादवनिकट कार्यकारिणी समितिका सदस्यहरूलाई हटाएर त्यसको ठाउमा आफूनिकट नेताहरूलाई कार्यकारिणी समितिमा राखेका छन्। जसपाका दुई अध्यक्ष रहने व्यवस्था भने उनले कायमै राखेका छन्। उपेन्द्र यादवको ठाउँ उनले खाली राखेका छन्।

पहिलो अध्यक्षमा आफ्नो नाम राखेका छन् भने दोस्रो अध्यक्षमा नाम खाली राखेका छन्। ठाकुरले थपेको कार्यकारिणी सदस्यहरूमा डा. विजयसिंह, सुरेन्द्र झा, विमल श्रीवास्तव, राजीव झा, उमाशंकर अरगरैया, इकबाल मिया, परमेश्वर साह, सत्रदीप यादव, सुरेश मण्डललगायत छन्। कार्यकारिणी समितिमा थपिएका अरगरैया, श्रीवास्तव, तथा इकबाल वर्तमान सरकारका मन्त्री पनि हुन्।

ठाकुर पक्षलले थप गरेको कार्यकारिणी समितिको सूचीमा ठाकुरले मात्र हस्ताक्षर गरेका छन्। पहिलो अध्यक्षले गरेको हस्ताक्षरले वैधानिकता पाउने ठाकुरनिकट एक नेताले बताए।

उनका अनुसार कार्यकारिणीमा दुई अध्यक्षसहित ५१ सदस्यीय बनाइएको छ। ठाकुरले गरेको मनोनयनमा पूर्वराष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारी, अनिल झा र राजिकिशोर यादव निकट व्यक्तिहरूलाई भने समेटिएको छैन।

भण्डारी निकट राष्ट्रियसभामा सदस्य शेखर सिंहलाई कार्यकारिणी समितिमा राखिएको छैन। यसैगरी, ठाकुरसँग निकट मानिए पनि नखुलेका गोविन्द चौधरीलाई कार्यकारिण्ीमा राखिएको छैन।

यता, निर्वाचन आयोगको फैसलाप्रति रुष्ट भएका जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले बुधबार कार्यकारिणी समितिको बैठक बोलाएका छन्। मंगलबार उनले केही कानुन व्यावासयीहरूसँग सरसल्लाह गरेका थिए।

कानुन व्यावसायीहरूले पुनः निर्वाचन आयोगमा जान या सर्वोच्चमा रिट दायर गर्न यादवलाई सल्लाह दिएका थिए। यसबारेमा निर्णय गर्न बुधबार कार्यकारिणी समितिको बैठक बोलाइएको यादव पक्षले जनाएको छ। मंगलबार यादवले विज्ञप्ति निकाली निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने घोषणा गरेका थिए।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top