कर्णाली बजेट : कर्मचारीलाई १२ दिनको पर्यटन बिदा

१ असार ७८, बुधबार

२ असार, कर्णाली ।

कर्णाली प्रदेश सरकारले पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटन प्रवद्र्वन गर्न र कर्मचारीहरूको मनोबल बढाउन पर्यटन खर्चसहित १२ दिन बिदा उपलब्ध गराउने भएको छ । सङ्घीय सरकारको सिको गर्दै प्रदेश सरकारले पनि कर्मचारीलाई घुमफिरका लागि पर्यटन बिदा उपलब्ध गराएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले मङ्गलबार प्रदेशसभामा आर्थिक वर्ष २०७८÷७९ का लागि रु ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजारको बजेट सार्वजनिक गरेका थिए ।

प्रदेश सरकारले ‘यसपालि घुमौँ कर्णाली’ भन्ने नारालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्दै कर्णालीलाई आकर्षक, साहसिक र विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश पर्यटन गुरुयोजनाअनुसार एक जिल्ला एक पर्यटकीय क्षेत्र र आसपासका क्षेत्रमा पर्यटन पूर्वाधारहरूको विकास तथा प्रवद्र्धनलाई प्राथमिकता दिइने व्यवस्था गरेको छ

। पर्यटन विकास तथा प्रवद्र्वनका सबै आयोजना कार्यान्वयनका लागि रु २३ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । बजेटमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय सम्भाव्य स्थलहरूको पहिचान, संरक्षण, जीर्णोद्वार तथा पुनर्निर्माण गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

मन्त्री शर्माले जनयुद्धकालीन ऐतिहासिक युद्धस्थलहरू कालीकोटको पिली, रुकुम पश्चिमको खारा र जाजरकोटको जुनीमा युद्ध सङ्ग्रहालय निर्माण र अन्य सामरिक स्थानमा सम्भाव्यता अध्ययन गरी युद्ध पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको बताए ।

त्यस्तै, सरकारले पर्यटक पूर्वाधार विकाससम्बन्धी विगतका अधुरा कार्यक्रमलाई यसपाला पनि निरन्तरता दिएको छ । यहाँका प्रमुख गन्तव्य रारा, शे–फोक्सेण्डो, काँक्रेविहार, बुलबुले, पचालझरना, कुभिण्डे ताल, स्यार्पु ताल, पञ्चकोशी, सिञ्जा, लिमी, कुशेपाटन, चित्रेपाटन लगायतका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास कार्यक्रमले निरन्तरता पाएका छन् ।

निजी क्षेत्रसँगको सहकार्यमा ठूला नदीहरू कर्णाली र भेरी नदीमा याफ्टिङ, रारा, कुभिण्डे र स्यार्पुतालमा आधुनिक डुङ्गा साहसिक पर्यापर्यटनको विकास गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top