झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगियो

१ असार ७८, बुधबार

२ असार, काठमाडौं ।

Advertisement

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ ।

नर्भिक अस्पतालमा उपचाररत खनाललाई स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि बुधबार दिउँसो थप उपचारको लागि दिल्ली लगिएको हो । खनाल नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली गएका हुन् ।

Advertisement

खनालसँगै उनकी श्रीमती, छोरा र एक जना चिकित्सक पनि दिल्ली गएका छन् । दिल्लीको एपोलो अस्पतालमा खनालको उपचार हुनेछ ।

खनाललाई ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएको छ । जेठ ३१ गते उनी नर्भिकमा भर्ना भएका थिए । केही समयअघि नेता खनाल कोभिड–१९ संक्रमणमुक्त भएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top