ओबामा केयर कार्यक्रमविरुद्ध परेका रिटहरु अमेरिकी सर्वोच्च अदालतद्वारा खारेज

४ असार, काठमाडौँ । अमेरिकी सर्वोच्च अदालतले पूर्व राष्ट्रपति बराक ओबामाको स्वास्थ्य सेवा नीतिमा परिवर्तनको माग गर्दै दिइएका रिटहरुलाई खारेज गरेको छ ।

Advertisement

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको साथ पाएर रिपब्लिकन नेतृत्वमा रहेका टेक्ससहित १८ वटा राज्यहरूले त्यस कानुनमाथि चुनौती दिँदै मुद्दा दायर गरेका थिए ।

सर्वोच्चले राज्यहरूसँग कानुनी चुनौती दिने आधार नरहेको फैसला गरेको छ । ओबामा केयर भनिने स्वास्थ्य सेवामा पहुँचसम्बन्धी ऐन कानुनी चुनौतीबाट सन् २०१० यता जोगिएको यो तेस्रो पटक हो ।

Advertisement

कानुनले कम आय भएका दशौँ लाख अमेरिकीहरूलाई स्वास्थ्य बीमासम्मको पहुँच उपलब्ध गराउँछ ।

सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्पले त्यस कानुन खारेज गर्ने प्रतिबद्धता जनाएका थिए । रिपब्लिकनहरूले संसद्को दुवै सदनमा आफ्नो नियन्त्रण हुँदा त्यसलाई उल्ट्याउने प्रयास गरेका भए पनि विफल भएका थिए।

Advertisement

यही महिनाको सुरुमा ह्वाइटहाउसले ओबामा केयरमार्फत तीन करोड १० लाख मानिसहरूको स्वास्थ्य सेवा सुनिश्चित भएको बताएको थियो ।

सदनबाट पनि त्यस कानुन खारेज गर्ने प्रयास विफल भएकोले अब ओबामा केयरको भविष्य सुनिश्चित देखिएको बीबीसीले जनाएको छ ।

अदालतको फैसलापछि राष्ट्रपति जो बाइडेनले कानुनबाट लाभ पाएकाहरूका लागि महत्त्वपूर्ण विजय भएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top