भारतबाट नआएपछि अब चीनबाट खोप खरिद

५ असार, काठमाडौं ।

सरकारले सम्झौता गरेर पनि भारतबाट खोप नआएपछि अब उत्तरी छिमेकी मित्रराष्ट्र चीनबाट खोप खरिद गर्ने तयारी अघि बढाइएको छ ।

सरकारले निटक भविष्यमा नै चीनबाट ४० लाख डोज खोप खरिद गर्न लागेको हो । चीन सरकारले यसअघि १८ लाख डोज खोप भने अनुदानमार्फत नेपाललाई उपलब्ध गराइसकेको छ ।

खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले खोप खरिद गर्न सो सर्त पालना गर्न तयारसमेत भएको छ ।

नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्यलगायतका विषय सार्वजनिक नगर्ने गरी नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्यलगायतका विषय सार्वजनिक नगर्ने गरी ‘डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने सर्त अघि सारेको थियो ।

प्रधानमन्त्री निवास बालुटावरमा हालै बसेको कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ४० लाख डोज खोप खरिद गर्न लागिएको जानकारी गराएका थिए । कोरोना नियन्त्रणका खोप अपरिहार्य रहेको बताउँदै खोप खरिदको गृहकार्य भइरहेको उनले स्पष्ट पारेका थिए ।

सरकारका एक मन्त्रीका अनुसार भारतले नदिएपछि आवश्यक खोप चीनबाट खरिद गर्न लागिएको हो । यसअघि, कोभिसिल्ड खोपको पहिलो डोज लगाएका करिब १३ लाख ज्येष्ठ नागरिकलाई दोस्रो डोज लगाउन खोप अभाव देखिएको जनाइएको छ ।

नेपालले भारतको सेरम इन्स्टिच्युटबाट खोप खरिदका लागि सम्झौता गर्दै ९३ लाखसमेत उपलब्ध गराएको थियो । सेरमले तत्काल खोप उपलब्ध गराउन असमर्थ रहेको जनाउँदै आएको छ ।

भारतले दोस्रो लहरका कारण खोप निर्यात गर्न रोकेपछि कोभिसिल्ड खोप उत्पादकबाट बाँकी खोप हालसम्म आउन नसकेको हो । नेपाली अधिकारीहरूले खोप माग गर्दा भारतको सो इन्स्टिच्युटले ब्याजसहित पैसा लैजानु भनेकाले अब भारतबाट खोप आउन कठिन भएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताए ।

नेपालले प्रारम्भिक चरणमा भारतबाट २० लाख मात्रा कोभिसिल्ड खोप खरिद सम्झौता गरेकोमा त्यसमध्ये १० लाख मात्रा नेपालमा आउन बाँकी छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा २३ लाख ८२ हजार बढीले कोरोना भाइरसविरुद्ध खोपको पहिलो मात्रा लगाइसकेको र करिब ७ लाखभन्दा बढीले दोस्रो मात्रा लगाएको जनाएको छ । नेपालमा हालसम्म खरिद र अनुदानमार्फत ४२ लाख ४८ हजार डोज खोप आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालका लागि भारतले हालसम्म अनुदानमा १० लाख मात्रा कोभिसिल्ड खोप दिएको छ । कोभ्याक्स योजनाअन्तर्गत नेपालले ३ लाख ४८ हजार मात्रा खोप प्राप्त गरेको बताइएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top