डेढ महिनामा ८० प्रतिशत फर्मलाई कारबाही

५ असार, काठमाडौं ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो डेढ महिनामा अनुगमन गरेकामध्ये ८० प्रतिशत व्यवसायी फर्मलाई कारवाही गरेको छ । कोरोनाका कारण देशभर जारी निषेधाज्ञा वैशाख १६ गतेदेखि जेठ ३१ गतेसम्म विभागले अनुगमन गरेका २०३ वटा व्यवसायी फर्ममध्ये १६३ वटा फर्म कारबाही वा जरिवानामा परेका हुन् ।

विभागका अनुसार विभागले यस अवधिमा अनुगमन गरेकामध्ये ९७ वटालाई न्यूनतम पाँच हजारदेखि दुई लाख रुपियाँसम्म जरिवाना गरेको छ भने ६६ वटामा म्याद नाघेका सामान नष्ट गर्ने र कागजात पेस गर्न निर्देशन दिएको छ ।

यस अवधिमा विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने ९७ वटा व्यवसायी फर्मलाई जरिवाना गरेर एक करोड ३९ लाख छ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ भने झन्डै ४० हजार बढी मूल्यका सामान नष्ट गरेको जनाएको छ ।

विभागले चालू आर्थिक वर्ष २०७७÷७८ को ११ महिनामा झन्डै चार करोड बराबरको सामान नष्ट गरेको जनाएको छ । विभागले सो अवधिमा अनुगमन गरेर म्याद नाघेका त्यो मूल्य बराबरका सामान नष्ट गरेको हो र विभागले चालू आर्थिक वर्षको ११ महिनामा उपत्यका र उपत्यकाबाहिर गरी चार हजार ४२४ व्यवसायी फर्मको अनुगमन गरेर दुई हजार ८०४ वटा व्यवसायी फर्मलाई जरिवाना र कारबाही गरेको छ ।

जसमध्ये एक हजार ६७९ फर्म कारबाही परेका छन् भने एक हजार २४१ वटा फर्मलाई न्यूनतम पाँच हजारदेखि बढीमा चार लाख रुपियाँसम्म आर्थिक जरिवाना गरेको विभागले
जनाएको छ ।

सो अवधिमा उपत्यकामा मात्रै दुई हजार ८६२ वटाको अनुगमन गरी एक हजार ८९३ वटालाई जरिवाना तथा कारबाही गरिएको छ । जसमध्ये ९९० वटालाई आर्थिक जरिवाना र एक हजार ५५ वटालाई कारबाही गरिएको छ । उपत्यकाबाहिर एक हजार ५९४ वटा व्यवसायी फर्मको अनुगमन गरिएकामा ८७८ वटा कारबाही तथा जरिवानामा परेका छन् ।

विभागका अनुसार सो अवधिमा बजारमा उपभोक्तासँग चर्को मूल्य लिने, अखाद्य वस्तु बिक्री वितरणलगायत अमर्यादित, व्यावसायिक क्रियाकलाप गर्ने व्यवसायी फर्मलाई गरिएको जरिवानाबाट तीन करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

यस्तै सो अवधिमा चार करोडभन्दा बढी मूल्यका म्याद नाघेका, गुणस्तरहीन सामानको नष्ट गरिनुका साथै ती उत्पादक तथा व्यवसायी फर्मलाई कारबाही गरिएको विभागका निर्देशक शिवराज सेढाईंले बताए ।
“विभाग र यस मातहतमा रहेका निकायबाट बजार अनुगमन गरिएको छ,” निर्देशक सेढाईंले भन्नुभयो, “मूल्य बढी लिनेलाई जरिवाना गरिएको छ भने अखाद्य वा गुणस्तरहीन वस्तु जफत गरी त्यस्ता सामान नष्ट गरी कारबाहीसमेत गरेका छौँ । ”

उनका अनुसार अनुगमनका क्रममा कतिपय व्यावसायिक फर्मले साइनबोर्ड नराख्ने, व्यवसाय दर्ता प्रमाणपत्र नराख्ने, नापतौल प्रमाणपत्र नलिने, नापतौल उपकरण नराख्ने, खाद्य अनुज्ञापत्र नलिने गरेको पनि भेटिएको छ । विभागले योबाहेक व्यवसायी फर्मलाई सरसफाइ सुधार गर्न, भ्याट वा पान प्रमाणपत्र लिन निर्देशन दिने, स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिँदै आएको छ ।

विभागले दैनिक उपयोग्य वस्तुअन्तर्गत औषधि, मासु, तेल, खाद्यान्न, पेट्रोलियम पदार्थ, तरकारी, फलफूललगायतमा अनुगमन गर्दै आएको छ । ती वस्तुको अनुगमनका क्रममा चर्को मूल्य लिने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गरेका, व्यवसाय दर्ता नगरेका र बिलबिजकबिना कारोबार गर्ने गरेको भेटिएको विभागले जनाएको छ ।

महामारीको बेलामा कृत्रिम अभाव सिर्जना गर्ने, बढी मूल्य लिएर कालोबजारी गर्ने, मूल्य वृद्धिजस्ता अवाञ्छित गतिविधि गर्ने व्यवसायीलाई विभाग, जिल्ला प्रशासन कार्यालयलगायत निकायले संयुक्त बजार अनुमगन गरेर कारबाही वा जरिवाना हुँदै आएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top