×

NEPAL TIMES UPDATES

Playing
चट्याङ र हावाहुरीले के के क्ष ति गर्यो ? || Nepal Times
Mar 21, 2026
Playing
सार्वजनिक भए मोज्तबा खामेनी, नेटो कायर, ट्रम्पले गरे ठूलो घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
खाडीको सुरक्षा भ्रम भत्कि योः बुर्ज अल अरबमा आ गो, रास लाफान ध्व स्त || Nepal Times
Mar 21, 2026
Playing
जब हिन्दु ‘ईद मुबारक’ भन्छ र मुस्लिम ‘दशैं’ मनाउँछन् — त्यो नेपाल हो|| Nepal Times
Mar 21, 2026
Playing
आज सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षा, बीपी राजमार्ग अवरुद्ध || Nepal Times
Mar 21, 2026
Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026
Playing
हावाहुरीसहित वर्षाः जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’ || Nepal Times
Mar 20, 2026
Playing
के जनताले भावनामा बगेर रास्वपालाई जिताएका हुन् ? कांग्रेसको समीक्षाले के भन्छ ?|| Nepal Times
Mar 20, 2026
Playing
गगनको असफलताले जन्मियो रास्वपा, गगन–रविको दूरी कसरी बढ्यो ? || Nepal Times
Mar 20, 2026

रूसमा कोरोनाभाइरसको संक्रमण फेरि बढ्यो

६ असार २०७८

६ असार, एजेन्सी ।
रूसमा कोरोनाभाइरसको संक्रमण बढ्न फेरि थालेको छ।

पछिल्लो समय राजधानी मस्कोलगायत क्षेत्रमा संक्रमित बढ्न थालेका हुन्। संक्रमितमध्ये धेरैलाई भारतमा फेला परेको डेल्टा भेरियन्ट देखिएको अधिकारीहरूले जनाएका छन्।

Advertisement

गत शुक्रबार मस्कोमा ९ हजार ५६ जना संक्रमित थपिएका थिए। मस्कोमा कोरोना महामारी सुरू भएपछि पहिलो पटक एकैदिन यति धेरै संक्रमित थपिएका हुन्।

संक्रमण बढ्न थालेपछि मस्कोका अधिकारीहरूले कोरोना वार्डमा ५००० बेड थपेका छन्। वर्ल्डोमिटरको आँकडाअनुसार रूसमा पछिल्लो २४ घन्टामा १७ हजार ९ सय ६ जना संक्रमित थपिएका छन् भने ४ सय ६६ जनाको मृत्यु भएको छ।

रूसमा अहिलेसम्म ५२ लाख ९९ सय हजार मानिसमा कोरोना संक्रमण भएको छ भने १ लाख २८ हजारको मृत्यु भएको छ। रूसी राष्ट्रपति भ्लादमिर पुटिनले संसारमै सबैभन्दा पहिला गत वर्ष अगस्टमा कोरोनाभाइरसविरूद्धको खोपलाई अनुमति दिएका थिए।

स्पुतनिक–भी नामक उक्त खोपलाई अनुमति दिएको महिनौं बित्दा पनि रूसी नागरिकहरू खोप लगाउन हच्किरहेका छन्। विभिन्न अध्ययनहरूले स्पुतनिक–भी कोरोनाविरूद्ध प्रभावकारी रहेको देखाएका छन्।

न्युयोर्क टाइम्सका अनुसार अहिलेसम्म रूसमा जम्मा ९.९ प्रतिशत मानिसले मात्र पूर्ण खोप लगाएका छन्। देशकै वैज्ञानिकहरूले खोप बनाइरहँदा पनि मस्कोलगायत शहरका मानिसहरूले खोप लगाउन मानिरहेका छैनन्।

उनीहरूले खोप नलगाउनुका विभिन्न कारण छन्। रूस सरकारले खोपसँगै आफ्नो शरिरमा माइक्रोचिप्ससमेत राखिदिने मानिसहरूले आशंका गरेका छन्।

त्यसपछि सरकारले आफ्नो हरेक कदमलाई ट्र्याक गर्न सक्ने उनीहरूको चिन्ता छ। साथै, आफ्ना अन्य पुस्तालाई पनि त्यसरी नै ट्र्याक गर्न लागेको उनीहरूको आशंका छ।

स्वतन्त्र सामाजशास्त्रीहरूले खोप लगाउनमा आनाकानी हुनु नागरिक र रूसी सरकारबीच टुटेको विश्वासको संकेत भएको बताएका छन्। खोपलाई अस्वीकार गर्नु रूसी नागरिक र अधिकारीहरूबीच टुटेको सम्बन्धको कारण हो, लेभादा सेन्टरका वरिष्ठ अनुसन्धानकर्ताले भने।

मस्कोमा रूसीहरूका लागि खोप निःशुल्क छ। मस्कोका पार्क, मल, सपिङ सेन्टरलगायत विभिन्न ठाउँमा खोप केन्द्र बनाएको छ। साथै खोप लगाएपछि कतिपय ठाउँमा आइसक्रिमसमेत दिइएको छ।

सरकारले नागरिकलाई खोप लगाउन उत्प्रेरित गर्न केही भत्ता र निःशुल्क हवाई सेवासमेत दिएको छ। केही समयअघि मस्कोका मेयर सर्गेइ सोबयानिनले आफ्ना नागरिकलाई खोप लगाउन भनेका थिए।

उनले युरोपका शहरहरूमध्ये मस्कोमा सबैभन्दा थोरै प्रतिशत मानिसहरूले खोप लगाएको बताएका थिए। एक करोड २० लाख नागरिक भएको मस्कोमा १३ लाखले मात्रै खोप लगाएका छन्।

मानिसहरू मरिरहेका छन्, तर उनीहरूलाई खोप लगाउन मन लाग्दैन, मेयर सोबयानिनले भने। लेभादा सेन्टरको सर्वेक्षणअनुसार ६२ प्रतिशत नागरिकले खोप लगाउन आनाकानी गरिरहेका छन् भने ५२ प्रतिशत रूसीलाई कोरोना लाग्ने डर छैन।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top