भारतमा आजदेखि कोरोना विरुद्धको खोपको महाअभियान सुरु, सबै खर्च केन्द्र सरकारले ब्यहोर्ने

७ असार, एजेन्सी ।

Advertisement

भारतमा आजदेखि कोरोना विरुद्धको खोपको महाअभियान सुरु भएको छ । यो अभियानमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई निःशुल्क खोप दिइने भारत सरकारले जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा अनुसार आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई निःशुल्क खोप लगाउन अभियान थालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

नयाँ नीति अनुसार यो खोप अभियानको सबै खर्च केन्द्र सरकारले ब्यहोर्ने छ । निजी अस्पतालले भने कोरोना विरुद्धको खोपका लागि तोकिएको शुल्क तिर्नु पर्ने छ । खोप उत्पादक कम्पनीले उत्पादन गरेको खोपमध्ये ७५ प्रतिशत केन्द्र सरकारले खरिद गर्ने छ र विभिन्न राज्यमा निःशुल्क वितरण गरिने छ ।

भारतले यही वर्षभित्र १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने लक्ष्य राखेको छ । यो उमेर समूहमा ९० देखि ९५ लाख व्यक्ति रहेका छन् । अहिले हरेक दिन औसतमा ३० लाख नागरिकले खोप पाउने गरेका छन् ।

Advertisement

यस हिसाबले यो जुन महिनासम्ममा ३० करोड नागरिकले खोप पाउने छन् । त्यसपछि लक्ष्य पूरा गर्न बाँकी रहेको ६ महिनामा १५० देखि १६० करोड डोज खोप लगाउनु पर्ने हुन्छ । यसका लागि हरेक दिन औसतमा ८० देखि ९० लाख डोज लगाउने पर्ने खबरमा उल्लेख गरिएको छ ।

आउँदो जुलाई अन्त्यसम्ममा भारतले हरेक दिन एक करोड डोज लगाउने लक्ष्य राखेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top