सभा,सम्मेलन, डान्सबार र भोजभतेर सञ्चालन गर्न रोक

७ असार, काठमाडौं ।

Advertisement

काठमाडौं उपत्यकामा पसल लगायत केही क्षेत्रमा निषेधाज्ञा खुकुलो पारिए तापनि अझै विभिन्न पेसा व्यावसाय सञ्चालन गर्न रोक लगाइएको छ ।

सवै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस,डान्सबार, दोहोरी, नाजघर, चिडियाखाना, रगंशालामा हुने दर्शक सहितको खेलकुद र मानिसकोहरुको भीडभाड हुने अन्य सवै प्रकारका कार्यक्रम सञ्चालनमा गर्न रोक लगाइएको छ ।

Advertisement

यसै गरि जारी निषेधाज्ञामा खुला स्थानमा मानिसहरु भेला, जम्मा हुँन, भीडभाड गर्न सभा, जुलुस, जात्रा महोत्सव, भोजभतेर आदि गर्न गराउन नपाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञिप्त जारी गर्दै जानकारी दिएको हो ।

फुटपाथ तथा खुल्ला ठाउँमा सञ्चालन हुने विभिन्न व्यापार व्यावसाय सञ्चालनमा रोक लगाइएको छ । तोकिएको तरकारी बजार बाहेक अन्य सार्वजनिक स्थल बाटोमा तरकारी तथा फलफूल विक्री गर्न नपाइने भएको छ । बिवाह बतबन्ध तथा सामुहिक रुपमा गरिने सांस्कृतिक कार्यक्रमहरु होटल तथा पार्टी प्यालेसमा गर्न पाइने छैन ।

Advertisement

शैक्षिक संस्थाहरु विद्यालय, कलेज, टयूसन सेन्टर, तालिम केन्द्रले भौतिक उपस्थितिमा पठन पाठन तथा परीक्षाहरु सञ्चालन गर्न नपाइने रोक लगाइएको छ । सार्वजनिक गाडी पनि चलाउन नपाइने भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top