विराटनगर, असार १५
विराटनगर–९ स्थित शिक्षादिप कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीको शुक्रबार प्रवेश परीक्षा लिएको छ । विज्ञान संकायको मात्र भएको परीक्षामा ६ सय ५० सिटका लागि लिएको परीक्षामा २ हजार ५ सय २६ जना विद्यार्थीले सहभागिता जनाएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले जानकारी दिए ।
प्रिन्सिपल खडकाले धेरै विद्यार्थीले शिक्षादिप कलेजमा भर्नाका लागि सहभागि जनाएको भन्दै शैक्षिक गुणस्तर अझै बृद्धि गर्दै लैजाने र अब कलेजको अझ बढी जिम्मेबारी थपिएको बताए ।
शिक्षादिप कलेजमा प्रवेश परीक्षा दिने विद्यार्थीको संख्या बढेपछी विद्यार्थीको परिक्षा व्यवस्थापन गर्न समस्या केहि कठिनाई भएको भप्रिन्सिपल खडकाले बताए ।