गरिब देशमा कोरोनाविरुद्धको खोप चरम अभाव हुँदा थप जोखिम : डब्ल्यूएचओ

८ असार, एजेन्सी ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कम आय भएका देशमा कोरोनाविरुद्धको खोपको चरम अभाव भएको र यसले ठूलो समस्या निम्तिन सक्ने चेतावनी दिएको छ ।

धनी देशमा खोप लगाउने दर सन्तोषजनक भए पनि गरिब देशले अनुदानमा पाएको खोप निकै कम हुँदा कोरोनाको थप लहर फैलन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको छ ।

डब्ल्यूएचओका मुख्य सल्लाहकार ब्रुस ऐलवर्डले कोभ्याक्स सुविधा अन्तर्गत अहिलेसम्म एक सय ३१ देशले नौ करोड डोज खोप पाएको जानकारी दिँदै यो सङ्ख्या कोरोनाबाट नागरिक बचाउनको लागि कत्ति पनि पर्याप्त नभएको बताएको बीबीसीले जनाएको छ । धनी देशहरुले गरिब देशलाई दिने कोभ्याक्स सुविधाको खोप जतिसक्दो छिटो उपलब्ध गराउन पनि उनले आग्रह गरेका छन् ।

कोभ्याक्स सुविधाको दुई अर्ब डोज खोप सन् २०२१ अर्थात यसै वर्षसम्म उपलब्ध गराउने लक्ष्य रहेको छ । यस्तै दक्षिण अफ्रिका राष्ट्रपति सिरिल रामफोसाले धनी देशहरुसँग खोप सहयोगको आग्रह गर्दै खोप उत्पादन केन्द्र बढाउन सुझाव दिएका छन् ।

अफ्रिकी महाद्वीपमा अहिलेसम्म जनसङ्ख्याको दुई प्रतिशत अर्थात ४ करोड नागरिकलाई मात्रै खोप दिइएको भन्दै राष्ट्रपति रामफोसाले अर्को लहरको जोखिम रहेको बताएका हुन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top