जसपाका ठाकुर पक्षले १५ दिनभित्र आधिकारिकता पुष्टि गर्नुपर्ने

७ असार ७८, मंगलबार

८ असार, काठमाडौं ।

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै पत्राचार गरेको छ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले शुक्रबार आधिकारिकता माग गर्दै निवेदन दिएपछि आयोगले त्यसको प्रतिलिपि संलग्न गरी ठाकुर पक्षलाई १५ दिनको सूचना दिएको हो। योसँगै राजपाको आधिकारिकतासम्बन्धी विवादको निरूपण प्रक्रिया औपचारिक रूपमै सुरु भएको छ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले यादव पक्षले आधिकारिकता दाबी गरेपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४ को उपदफा २ अनुसार अध्यक्ष यादव पक्षलाई सूचना दिइएको बताए।

‘पार्टीको आधिकारिकता विवादमा कुनै एक पक्षले आधिकारिकता दाबी गरेपछि दाबी र प्रमाणको प्रतिलिपि संलग्न गरी लिखित जबाफ पेस गर्न अर्काे पक्षलाई १५ दिनको सूचना दिनुपर्ने व्यवस्था छ,’ श्रेष्ठले नागरिकसँग भने, ‘सोहीअनुसार अर्काे पक्षलाई सूचना दिइएको हो।’

आयोगले पत्र पठाएसँगै अब ठाकुर पक्षले आफ्नो लिखित जवाफ एवं त्यसलाई पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्नुपर्नेछ। तर १५ दिनभित्र जवाफ पेस गर्न नसके वा सम्बन्धित पक्षको अनुरोधमा १० दिन समय थप गर्नसमेत सक्ने व्यवस्था ऐनमा छ।

यो व्यवस्थाअनुसार ठाकुर पक्षले तोकिएको १५ र समय नपुगेको अवस्थामा थप १० दिन लिएर कुल २५ दिनभित्र आफ्नो आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गरिसक्नुपर्नेछ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top