पारिवारिक लगत निर्माण कार्यक्रम सञ्चालन हुने

पारिवारिक लगत निर्माण कार्यक्रम सञ्चालन हुने

काठमाडौँ, असार १५

नेपालमा परिवारको वास्तविक संख्या यकिन गर्नका लागि ‘पारिवारिक लगत निर्माण’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।विश्व बैंकको सहयोगमा केन्द्रीय पञ्जीकरण विभागले देशभरिका परिवारको वास्तविक संख्या राख्नका लागि पारिवारिक लगत निर्माण संकलन गर्न थालेको हो ।

विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले चाँडै नै पारिवारिक लगत कार्यक्रम सञ्चालन गर्ने बताए ।विभागका सूचना प्रविधि शाखाका इन्जिनियर सञ्जीव पौडेलले प्रत्येक स्थानीय तहमा एउटा सेवा एकाइ कार्यालय स्थापना गरी पारिवारिक लगत लिइने छ भने ।

उनले सामाजिक सुरक्षा वितरण, भूकम्प तथा अन्य प्राकृतिक विपत्तिमा राहत वितरण गर्न सहिजो होस् भनेर नै पारिवारिक लगत लिन थालिएको बताए । “सामाजिक सुरक्षा भत्ता वितरण र भूकम्पमा एउटै परिवारका मानिस पनि फरक फरक परिवार देखाएर राहत लिनेजस्ता समस्या देखिए”, उनले भने, “एउटा परिवारको नामसहित अनलाइनमा राखेपछि एउटै परिवारको धेरै परिवार बनाएर राहत खानेजस्ता समस्या समाधान हुन्छ ।”

विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
एकाइ कार्यालयमा एकजना तथ्याङ्क संकलनकर्ता र एकजना कम्प्युटर अपरेटरले उक्त लगत लिने जनाएको छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.