विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डलाई, भारत ८ विकेटले पराजित

९ असार ७८, बिहीबार

१० असार, काठमाडौं ।

पहिलो विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको उपाधि न्युजिल्याण्डले जितेको छ । भारतलाई आठ विकेटले हराउँदै न्युजिल्याण्ड पहिलो संस्करणको च्याम्पियनसिपको उपाधि जित्न सफल भएको हो ।

इङ्ल्याण्डको साउथ ह्याम्प्टनमा भारतले दिएको एक सय ३९ रनको लक्ष्य न्युजिल्याण्डले दुई विकेट गुमाएर भेटायो । उसका लागि केन विलियम्सनले नटआउट ५२ र रोस टेलरले ४७ रन बनाए । यसअघि दोस्रो पालीमा भारत एक सय ७० रनमा अलआउट भएपछि न्युजिल्याण्डले सजिलो लक्ष्य पाएको थियो ।

भारतलाई थोरै रनमा अलआउट गर्न न्युजिल्याण्डका टिम साउथीले चार विकेट लिए । पहिलो पालीमा भारतले दुई सय १७ र न्युजिल्याण्डले दुई सय ४९ रन बनाएका थिए ।

पटक पटक पानी परेपछि हिजो रिजर्भ डे को रुपमा छैठौँ दिनको खेल भएको थियो । विश्व विजेता न्युजिल्याण्डले १६ मिलियन अमेरिकी डलर अर्थात झण्डै १८ करोड रुपैयाँ बराबरको पुरस्कार पाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top