×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मनाङमा थुनिएको मर्स्याङ्दी नदी अझै खुलेन

१० असार २०७८

१० असार, काठमाडौं ।

मनाङको चामेमा थुनिएर मर्स्याङ्दी नदी अझै पनि खुलेको छैन । पुलमा रुख तथा ढुङ्गा अड्किँदा हिजो दिउँसोदेखि थुनिएको नदी अझै खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालय मनाङ्गका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास खड्काले जानकारी दिए ।

Advertisement
Advertisement

अहिले पुल माथिबाट नदी बगिरहेको छ भने आसपास झण्डै १० मिटर सडक कटान भइसकेको छ । पुलमा नदी थुनिँदा पुलसहित लोकप्रिय मावि, वडा नम्बर ५ को भक्तपुर गाउँ र वडा नम्बर चारको चामे बजार जोखिममा परेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । डोजर लगाएर नदीको अवरोध हटाउने प्रयास भए पनि पानीको बहाव बढी भएकोले सम्भव नभएको डीएसपी खड्काले बताए ।

लेकाली क्षेत्रमा पानी परेकोले मर्स्याङ्दी नदी तथा चामे बजारमा रहेको ठाडो खोलामा पनि पानीको सतह बढीरहेको र यसले चामे बजारसहित तल्लो क्षेत्रमा जोखिम रहेको उनले बताए ।

Advertisement

 

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top