सन्तोषी सुब्बा हत्या अभियोगमा एकजना पक्राउ

सन्तोषी सुब्बा हत्या अभियोगमा एकजना पक्राउ

१० असार, काठमाडौं ।
दक्षिणकाली मन्दिर नजिकै विभत्स तरिकाले महिलाको हत्या अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अन्दाजी २१ वर्षीय सुरेश तिम्सिना छन् । प्रहरीका एक अधिकारीका अनुसार तिम्सिनाले सुरुमा बलात्कार प्रयास गरेको र सुब्बाले प्रतिकार गरेपछि हत्या गरेको पाइएको छ ।

‘उनले सुरुमा घाँटी थिचेर ज्यान लिएको र पछि नचिनियोस् भनेर अनुहार क्षतविक्षत हुने गरी प्रहार गरेको पाइयो,’ ती अधिकारीले भने ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.