चुनाव घोषणा गर्नु ओलीको अहंकार, गल्ती स्वीकारे स्वागत छ : माधव नेपाल

१० असार, काठमाडौं ।

Advertisement

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको हातेमालो आवश्यक रहेको बताएका बताएका छन् ।

बिहीबार सम्पादकहरूसँगको छलफलमा नेता नेपालले देश जोगाउने जिम्मेवारी राजनीतिक दल र मिडियाकर्मीको समेत भएको बताए ।

Advertisement

उनले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका गल्ती सच्याउन आफूहरु लागेको बताए । उनले सबै मिले ओलीको अहंकारले संसद विघटन गरेपनि कोर्स करेक्सन गर्न सकिने बताए ।

‘सुशासनको प्रत्याभुति, संविधानको रक्षा र सहि काम गरेर जनताको जीवनलाई सम्मृद्ध बनाउनुपर्ने बेलामा संसदलाई विघटन गरेर चुनाव नै हुन नसक्ने चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै हो । यो कोर्स करेक्सन गरौँ ।’ नेपालले भने ।

Advertisement

उनले ओलीले गल्ती स्वीकारेर आएर उनलाई स्वागत गर्न सकिने बताए । ‘मान्छे हुन् कहिलेकाहीँ गल्ती हुन्छ । गल्ती स्वीकारेर कोर्स गरेर आउनुहुन्छ भने केपी ओलीलाई स्वागत छ’, नेपालले भने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top