इन्दिरा गान्धीको उदाहरण दिँदै अधिवक्ताले भने – संसद विघटनको अधिकार छैन

११ असार, काठमाडौं ।

Advertisement

प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा शुक्रबार पनि सुनुवाइ जारी छ ।

आज बहसको क्रममा अधिवक्ता सुनिल पोखरेलले अहिलेको संविधानले प्रतिनिधि सभा विघटनको अधिकार नदिएको बताएका छन्। सरकार बनाउन नसकेमामात्र संसद विघटन हुने उनले जिकिर गरे ।

Advertisement

सरकार गठनका लागि दावी गर्नुअघि राष्ट्रपतिकोमा आधार पेस हुन सक्छ तर त्यो आधार जाँच्ने ठाउँ भनेको संसद् नै रहेको उनको भनाई छ । पोखरेलले ७६(५) अनुसार विश्वासको आधार देखाउने स्थान संसद भएको बताउँदै यसको प्रयोग राष्ट्रपतिले गर्ने नमिल्ने बताए। उनले राष्ट्रपति सन्तुष्ट हुँदैमा नहुने तर्क गरे।

‘संविधानको धारा ७६ को उपधारा १, २ र ३ भनेको जनताले सरकार बनाउने बाटो हो । उपधारा २ र ५ भनेको म भनेर दाबी गर्ने हो, उपधारा ३ भनेको स्वतः पाउने हो । व्यक्तिले म प्रधानमन्त्री बन्दिन भन्न सक्छ । तर दलले भन्न सक्दैन ।’ पोखरेलले भने ।

Advertisement

भारतमा इन्दिरा गान्धीले जितेर आएपछि संकटकाल लगाएर शासन चलाएको उल्लेख गर्दै उनले स्वेच्छाचारी शासन गर्नेलाई कसरी असर पर्छ भन्ने जान्नका लागि भारतमा भएको घटनालाई हेर्नुपर्ने उल्लेख गरे।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top