सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई प्रतिपरिवार आठ बन्डल जस्तापाता दिने

११ असार, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा बाढी पहिराबाट विस्थापित परिवारका लागि प्रतिपरिवार आठ बन्डल जस्तापाता उपलब्ध गराइने बताएका छन्।

नेकपा (एमाले) वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेल, इन्चार्ज रामबहादुर थापासहितको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले विस्थापित परिवारलाई शहरी विकास मन्त्रालयमार्फत घर निर्माणका लागि उक्त जस्तापाता प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले सरकारले अस्थायी घर बनाउन सहयोग गर्ने, खानेपानी, बिजुली र टेलिफोन तत्काल पुनः सञ्चालन गर्न सम्बन्धित कार्यालयलाई निर्देशनसमेत दिए। साथै बाटो पुनः सञ्चालन गर्न पुल निर्माण, झोलुङ्गे पुल निर्माण गर्ने, बाढीको सूचना थाहा पाउने गरी साइरन जडान गर्नसमेत उनले निर्देशन दिएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

उनले सो अवसरमा बाढीपहिरो प्रभावित स्थानका मानिसले भोगिरहेका समस्यालाई यथाशीघ्र सम्बोधन गरी मृतक परिवारलाई क्षतिपूर्ति, राहत र विस्थापित ४०० परिवारलाई राहत तथा पुनस्र्थापना, नदी नियन्त्रण, बिग्रेभत्केका संरचना (खानेपानी, विद्युत्, सडक, पुल)को तत्काल पुनर्निर्माण गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए ।

यही असार १ गते साँझ सिन्धुपाल्चोकको मेलाम्च, याङ्ग्री र लार्के खोलामा आएको बाढीले जिल्लाका मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाका छवटा बजार तथा मानव बस्ती चनौटे, मेलम्ची, ग्याल्थुम, तालामाराङ, हल्दे, तिम्बु तल्लो बजार र सो आसपास बस्तीमा ल्याएको ढुङ्गागिट्टी तथा लेदोका कारण उक्त मानव बस्तीमा पूरै क्षति पुर्याई ठूलो सङ्कट पैदा भएको थियो ।

उक्त बाढीपहिरामा परी १६ व्यक्तिको मृत्यु भएको थियो भने ४०० परिवार विस्थापित, ३३७ घर र ६० गोठ, छ मोटरेवल पुल तथा १३ झोलुङ्गे पुल बगाएको थियो ।

बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा अपूरणीय क्षति भएको, विद्युत् प्रसारण लाइन अवरुद्ध भएको छ भने बैंकबाट ऋण लिई विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीको बैंक किस्ता भुक्तानीमा समस्या भएको ज्ञापनपत्रमा उल्लेख छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top