स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि

स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि

११ असार, काठमाडौं ।

कोरोना महामारीको कारण रोकिएका स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने भएको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यलयले साउन ११ गतेदेखि सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरेको हो। परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाउने छन् ।

वार्षिक परीक्षा प्रणाली अन्तर्गत ४÷३ वर्षे स्नातकतह प्रथम वर्ष मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित, आंशिक, मौका एवं प्राइभेट (आंशिक) परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा कोभिड–१९ का कारण वैशाख १३ गतेपछिका परीक्षाहरु स्थगित भएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.