अस्ट्रियामाथि जित निकाल्दै इटली क्वाटरफाइनलमा

१२ असार ७८, आइतबार

१३ असार, विराटनगर ।
अन्तर्राष्ट्रिय फुटबलमा इटालीले आँफैले ८२ वर्षअघि राखेको ३० खेलसम्मको अपराजित कीर्तिमान यात्रालाई भंग गरेको छ ।

युरो अन्तरगत शनिबार राति प्रि–क्वाटरफाइनलको खेलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै अपराजित यात्रा ३१ खेलसम्म लम्ब्याएको हो ।

इटालीले समूह चरणमा वेल्समाथि १–० को जित निकालेसँगै अन्तर्राष्ट्रिय फुटबलमा इटालीले लगातार ३० खेल अपराजित रहेर ८२ वर्ष पुरानो कीर्तिमान बराबरी गरेको थियो ।

इटालीले सन् १९३५ अक्टोबर देखि सन् १९३९ जुलाईसम्म ३० खेल अपराजित रहने कीर्तिमान राखेको थियो । त्यसबेला टोलीका प्रशिक्षक भिटोरियो पोज्जो थिए । उनको नेतृत्वमा टोलीले लगातार दोस्रो विश्वकप तथा सन् १९३६ को ओलम्पिकमा स्वर्णपदक समेत जितेको थियो ।

इटालीले सन् २०१८ मा रोबर्टो मान्सिनीलाई प्रशिक्षकको जिम्मेवारी दिएपछि जाममा २ खेल हारेको छ । पछिल्लोपटक टोलले सन् २०१८ को नेसन्स लिगको खेलमा पोर्चुगलसँग पराजय बेहोरेको थियो । त्यसयता टोलीले ३१ खेल जितेको छ ।

अष्ट्रियाविरुद्ध गोल खाएपछि इटालीको क्लिनसिट ११औं खेलमा रोकिएको छ । पछिल्लो १२ खेलमा टोलीले ३२ गोल गर्दा १ गोल खाएको छ ।

यससँगै इटालीले धेरै खेलमा अपराजित रहेको अर्जेन्टिनासँग बराबरी गरेको छ । अर्जेन्टिनाले सन् १९९१ देखि सन् १९९३ सम्मा ३१ खेलमा अपराजित रहेको थियो ।

सबैभन्दा धेरै खेलमा अपराजित रहनेमा पाँच पटकको विश्वविजेता ब्राजिल र स्पेनको नाममा रहेको छ । ब्राजिल सन् १९९३ देखि सन् १९९६ सम्म तथा स्पेन २००७ देखि २००९ सम्म ३५ खेलसम्म अपराजित रहको थियो ।

यस्तै फ्रान्स सन् १९९४ देखि १९९६ सम्मा ३० खेलसम्म अपराजित रहेको थियो । अल्जेरियाले सन् २०१८ देखि हालसम्म २७ खेलमा अपराजित यात्रा कायम राखेको छ ।

पश्चिम जर्मनीले सन् १९७८ देखि १९८१ सम्म २३ खेलमा अपराजित रहेको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top