स्वतन्त्र सांसदको मान्यता दिन माग गर्दै बेदुराम भुसालले संसद सचिवालयमा पठाए पत्र

१४ असार, काठमाडौँ ।

नेकपा एमालेका नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले आफू स्वतन्त्र हैसियतमा रहन चाहेको बताएका छन् ।

एमालेको आन्तरिक विवाद चर्किरहेको बेला माधव नेपाल पक्षका नेता भुसालले आइतबार संसद सचिवालयमा पत्र पठाउँदै आफू स्वतन्त्र रुपमा राष्ट्रिय सभा सदस्यको हैसियतमा रहन चाहेको बताएका हुन् । उनले आफूलाई स्वतन्त्र सांसदको रुपमा ब्यवहार गर्न आग्रह गरेका छन् ।

‘म तत्कालिन नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको थिए। र त्यस पार्टीको संसदीय दलको सदस्य रहेको थिए।

सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उमेदवार भइ निर्वाचित म सहितका जनप्रतिनिधिहरु दलविहीन अर्थात स्वतन्त्र हुन पुगेको सर्वविदितै छ र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहन्छु।’ भुसालले पत्रमा भनेका छन् ।

भुसालले आफूले पाउने पारिश्रमिक वा सेवा सुविधाबाट लेबी वा कुनै रकम कुनै पार्टीको खातामा जम्मा नगरिदिन पनि लेखा शाखालाई अनुरोध गरेका छन्। नेपाल समूहका प्रभावशाली नेता मानिने उनले आफूलाई स्वतन्त्र हैसियतमा प्रस्तुत गरेपछि एमालेभित्र तरंग उत्पन्न भएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top