यमनको युद्ध सर्वाधिक खराब मानवीय सङ्कट : राष्ट्रसङ्घ

१३ असार ७८, सोमबार

१४ असार, एजेन्सी ।

यमनका विद्रोही समूह र सरकारी सुरक्षा फौजबीच मरिबमा भएका भिडन्तहरुमा परेर तीन दिनमा कम्तीमा एक सय ११ जनाको ज्यान गएको छ । हुथी विद्रोहीले मरिबमा आक्रमण सुरु गरेपछि भएका भिडन्तमा २९ जना सैनिक र ८२ जना विद्रोही मारिएका समाचारसंस्था एएफपीले जनाएको छ ।

मरिब उत्तरी यमनको सरकारी नियन्त्रणमा रहेको एक मात्र ठाउँ हो । गएको बिहीवारदेखि आक्रमण सुरु गरेका विद्रोहीहरु मरिबको भित्री तहमा प्रवेश गर्न प्रयास गरिरहेका छन् । उनीहरुलाई रोक्न सरकार समर्थित सेनालाई साउदी अग्रसरताको गठबन्धनले हवाई सहयोग गरिरहेको छ ।

यमनको मरिब क्षेत्र तेलका लागि धनी छ । यो क्षेत्रलाई नियन्त्रणमा लिन सके हुथी विद्रोहीको क्षमता बढ्ने र शान्तिवार्तामा आफ्नो हातमाथि पर्नेछ । तर यो क्षेत्रमा जारी भिडन्तका कारण मानवीय सङ्कट उत्पन्न हुन सक्ने स्थानीय मानवीय सङ्घसंस्थाहरुले बताएका छन् ।

यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ । यमन गृहयुद्धमा दशौं हजारको ज्यान गइसकेको छ । यमनका ८० प्रतिशतभन्दा धेरै मानिस विदेशी सहायतामा निर्भर हुनु परेको छ । राष्ट्रसङ्घले यमनको युद्धलाई सर्वाधिक खराब मानवीय सङ्कटको संज्ञा दिएको छ । संयुक्त राष्ट्र सङ्घ र अमेरिकाले युद्ध अन्त्य गर्न प्रयास गरिरहे पनि सफल भएको छैन ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top