अष्ट्रेलियामा बस्ने नेपालीका लागि बस सेवा

१३ असार ७८, सोमबार

१४ असार, काठमाडौँ ।

अष्ट्रेलियाको सिड्नीस्थित पेन्सस भन्ने स्थानमा रहेका नेपालीको संस्था नेप्लिज पेन्सस कमिटी (पेन्सस नेपाली समुदाय)ले त्यहाँ रहेका नेपालीका लागि सवारी साधन (भ्यान) खरिद गरी सेवा शुरु गरेको छ ।

बालबालिका, ज्येष्ठ नागरिक, अशक्त एवं समस्यामा परेका मानिसलाई सहयोग गर्ने उद्देश्यले सवारी साधन खरिद गरिएको संस्थाका अध्यक्ष लक्ष्मण श्रेष्ठले जानकारी दिए । अष्ट्रेलियामा रहेका नेपाली संस्थामध्ये बस खरिद गर्ने यो पहिलो संस्था बनेको छ । यहाँ बस्ने नेपालीलाई आइपर्ने समस्या समाधान गर्न सो बस पालैपालो काम लाग्ने संस्थाले जनाएको छ ।

Advertisement

यहाँ बस्ने नेपालीले रकम जम्मा गरी खरिद गरेको बसले आपसी मेलमिलाप, एकता र सद्भाव अझ बढ्ने विश्वास गरिएको संस्थाका सदस्य हरि श्रेष्ठले बताए । ज्येष्ठ नागरिक र यहाँ आई बसोबास गरेर विभिन्न समस्यामा परेकाका लागि बसका माध्यमबाट सहयोग पुग्ने उनको भनाइ छ ।

संस्थाले शब्दमालासँग समन्वय गरी यहाँका बालबालिकालाई नेपाली भाषा, योग शिक्षा, पूर्वीय संस्कारसमेत सिकाउँदै आएको छ । विदेशमा बसे पनि आफ्नो भूमिका, ज्ञान, विज्ञान जान्न यसबाट मद्दत मिलेको छ । चाडपर्व, रीतिरिवाज मनाउने क्रममा विभिन्न स्थानमा रहेका नेपालीलाई जुटाउनसमेत सवारी साधनले सहयोग पुग्ने पेन्ससमा बस्दै आउनुभएका श्यामबहादुर केसीले बताए ।

यो समुदायमा धेरै नेपाली आबद्ध रहेकाले विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्न संस्थाको आफ्नै सवारी भएपछि सहयोग पुग्ने यहाँ बसोवास गर्ने धेरै नेपालीको विश्वास छ । यहाँ आएर बसोबास गरी आपत्मा परेकालाई सहयोग गर्न पनि बसको व्यवस्था सहज हुने जनाइएको छ ।

संस्थाका अध्यक्ष श्रेष्ठको पहलमा यहाँका एक मन्त्री डेभिड कोल म्यानसँगको सहयोगमा १० लाख अष्ट्रेलियाली डलरको सामुदायिक भवन प्राप्त गर्नसमेत संस्था सफल भएको छ । यस कामको यहाँ बस्ने सबै नेपाली संस्थाले सराहना गरेका छन् । नेप्लिज अष्ट्रेलियन एसोसिएसन तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले पनि सो संस्थाको प्रयासमा सहकार्य गर्दै आएको छ ।

यसरी प्राप्त भएको सामुदायिक भवनलाई पनि छिट्टै प्रयोगमा ल्याउने तयारी भएको छ । अष्ट्रेलियामा नेपालीले बसोबास गरेको तीन दशक पूरा भए पनि पहिलोपटक संस्थागत रूपमा सवारी खरिद गरेर सेवा दिने र सामुदायिक भवनमार्फत विभिन्न सेवा भने पहिलोपटक दिन लागिएको जनाइएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top