×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ओली-नेपालबीच आरोप-प्रत्यारोप : अस्तित्व स्विकार्न मुस्किल

१५ असार २०७८

१५ असार, काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच आरोप–प्रत्यारोप चलेको छ। सोमबार बिहानैदेखि दुवै नेता एकअर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका हुन्। एमालेको विवाद अन्त्य गर्ने प्रयास चलिरहेका बेला दुई नेताबीच चलेको आरोप–प्रत्यारोपले विवाद निरूपण र एकता प्रक्रियामा पूर्णविराम लाग्ने आशंका जन्माएको छ।

Advertisement
Advertisement

सोमबार बिहान मदन भण्डारीको जन्मदिनका अवसरमा बोल्दै नेता नेपालले अध्यक्ष ओलीलाई संकेत गर्दै दक्षिणपन्थी भएको आरोप लगाएपछि दिउँसो ओली नेपालमाथि खनिएका थिए।

उनले नेपाल प्रचण्ड (माओवादी केन्द्र अध्यक्ष पुष्ककमल दाहाल) को कार्यकर्ता भएको, कांग्रेससँग साँठगाँठ गरेर शेरबहादुर देउवा (कांग्रेस सभापति) को पार्टीमा जान लागेको जस्तो आरोप लगाएका थिए।

उनले नेपाललाई प्रचण्डको मामुली कार्यकर्ता भएको बताउँदै उनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आफूलाई बहुला कुकुरले नटोकेको भन्दै कडा टिप्पणी गरेका थिए। मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाललगायत विपक्षी दलका अन्य नेताहरूप्रति कडा ढंगले कटाक्ष गरे।

सोमबार बिहान नेता नेपालले अहिले पार्टीको नेतृत्व संविधानको मर्ममा प्रहार गर्ने दक्षिणपन्थी बाटो अवलम्बन गर्ने तहको भएको आरोप लगाएका थिए। ‘अधिनायकवाद तथा निरंकुशताविरुद्ध लामो संघर्ष गरेका सहयोद्धा कमरेड मदन भण्डारीको नेतृत्वमा हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र हाम्रो देशको कम्युनिस्ट आन्दोलनसमेतको अनुभवका आधारमा माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकासको नयाँ आधार निर्माण ग¥यौं,’ उनले भनेका थिए।

कम्युनिस्ट पार्टीलाई एकीकृत बनाउने, लोकतान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्ने, स्वच्छ छवि कायम राख्ने, जनताको दुःखसुखमा सहभागी हुने, बहुदलीय प्रतिस्पर्धाका आधारमा जनताको विश्वास लिएर शासन सञ्चालन गरी जनअपेक्षा पूरा गर्दै समाजवादको लक्ष्यमा अघि बढ्न भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवाद प्रतिपादन गरिएको उनले बताए।

‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिस्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टीको विधान, विधि र सिद्धान्तअनुरूप पार्टी एवं सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अवलम्बन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरू नष्ट गर्ने तथा संविधानमाथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिस्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो यथार्थ एवं हामी सबैका लागि दुःखद अवस्था हो,’ नेता नेपालले भने। त्यसैक्रममा नेता नेपालले एमालेलाई नयाँ सिराबाट अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउँदै सबैलाई सो अभियानमा लाग्न आग्रहसमेत गरेका थिए।

‘विद्यमान वैचारिक, राजनीतिक, सांस्कृतिक, आर्थिक विचलन, विकृति, विसंगति, सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ सिराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायमा हार्दिक आह्वान गर्छु,’ नेता नेपालले भनेका थिए। सोमबार बिहानदेखि दुवै नेताका अभिव्यक्तिले पार्टी विवाद निरूपण गर्न लागेका नेताहरू भने अप्ठेरोमा परेका छन्। दोस्रो पुस्ताका नेताहरूले संयम अपनाएर अभिव्यक्ति दिन गरिएको आग्रहलाई दुवै नेताले उल्लंघन गरेका छन्।

 

Advertisement

यो समाचार आजको नागरिक दैनिकमा छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top