माओवादी केन्द्रले कारबाही गरेका दुई मेयरलाई काम गर्न दिन सर्वोच्चको अन्तरिम आदेश

१५ असार, काठमाडौं ।

Advertisement

सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निर्वाचित भई पछि दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले सो आदेश दिएको हो ।

Advertisement

माओवादी केन्द्रबाट अर्को दलमा प्रवेश गरेपछि कारबाहीमा परेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई सर्वोच्चले कामकाज गर्न दिन अन्तरिम आदेश दिएको हो ।

आदेशमा प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुखहरू भएकाले उनीहरुले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारवाही एवम् अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यन्वयन नगर्न भनिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top