पेलेजस्तै एमबाप्पे: फ्रान्सले भेटायो आक्रामक फुटबलको लय

१७ असार ७५, आइतबार
Share this
784shares

 टिनएज स्टार केलिएन एमबाप्पेले दुई गोल गर्नुका साथै अर्को गोलको पनि अवसर बनाउँदा फ्रान्सले अन्ततः विश्वकपमा आफ्नो आक्रामक फुटबलको लय भेटाएको छ । यही कारण फ्रान्सले शनिबार लियोनेल मेसीको अर्जेन्टिनालाई ४–३ ले पराजित गरी क्‌वार्टरफाइनल पुगेको छ ।

Advertisement

अर्जेन्टिनाका आशा सबै मेसी केन्द्रित भइरहँदा कजानमा पेरिस सेन्ट जेर्मेन (पीएसजी) का १९ वर्षे एमबाप्पेले सबै चर्चा आफूतिर ताने । सन् १९५८ मा पेलेले २ गोल गरेयता विश्वकपको एकै खेलमा २ गोल गर्ने एमबाप्पे कम उमेरका खेलाडी हुन् ।

दबाबमा रहेका अर्जेन्टिनाका प्रशिक्षक जर्जे साम्पाउलीले आक्रामक टोली उतार्ने बताएको थिए । अर्जेन्टिनी प्रशिक्षकले भनेको त्यो फुटबल फ्रान्सेली स्ट्राइकरले देखएका थिए । मार्कोस रोहोले एमबाप्पेलााई लडाएपश्चात् फ्रान्सले १३ औं मिनेटमै पेनाल्टी पाएको थियो । त्यसमा एन्टोइन ग्रिजमनले आरामदायी गोल गरेका थिए । तर, पीएसजीमा एमबाप्पेसँगै खेल्ने एन्जल डी मारियाले लामो दूरीबाट सानदार गोल गरी अर्जेन्टिनालाई ४१ औं मिनेटमा बराबरीमा ल्याए ।

Advertisement

मध्यान्तरलगत्तै अर्जेन्टिनाले पुनः अग्रता लियो । मेसीको कर्लिङ प्रहार ग्याब्रिइल मेर्काडोको खुट्टामा डिफ्लेक्टेड हुँदा फ्रान्सका गोलरक्षक हुगो लोरिस अर्कोतर्फ पुग्न पुगे । फ्रान्सले ५७ औं मिनेटमा रक्षक बेन्जामिन पाभार्डको सनसनीपूर्ण हाफ भलीबाट खेल २–२ को बराबरमिा ल्यायो । एमबाप्पेले ६४ र ६८ औं मिनेटमा जितेर फ्रान्सको जित निश्चित जस्तै गरे । मेसीकै पासमा वैकल्पिक सर्जियो अगुइरोले हेडमा गोल गरी अर्जेन्टिनालाई झिनो आशा देखाएका थिए ।,आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top