सत्ती भन्सारः ११ महिनामा वार्षिक लक्ष्य पार

१६ असार ७८, बिहीबार

१७ असार, टीकापुर ।

कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको एक महिना बाँकी हुँदै वार्षिक लक्ष्य पार गरेको छ । सत्ती भन्सारले चालु आर्थिक वर्षको ११ महिनामा रु १४ करोड ५० लाख राजश्व सङ्कलन गरेको छ ।

सत्ती भन्सार कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको शुरुमा रु छ करोड सात लाख र पछि बढाएर रु १४ करोड २३ लाख राजश्व उठाउनुपर्ने वार्षिक लक्ष्य तोकेको थियो । त्यो लक्ष्य जेठ महिनामै पुगिसकेको सत्ती भन्सार कार्यालय खक्रौलाका प्रमुख विमलकुमार शाहले बताए ।

“सीमापारि आउजाउ गर्नेको सङ्ख्यामा कमी आयो । यहाँ आउने सामानहरु पनि बढे । सबै सामान भन्सारमार्फत् आउँदा राजश्व सङ्कलनमा वृद्धि भएको हो”, शाह भन्छन्, “असार महिनाको राजश्व जोड्दा अझ बढी हुनेछ ।”

दुई वर्षअघि मात्र स्थापना भएको सत्ती भन्सारले गत आर्थिक वर्षभरिमा रु पाँच करोड ८० लाख ७ हजार मात्रै राजश्व उठाएको थियो । कोरोना सङ्क्रमणपछि सीमा नाका खुला नहुँदा मानिसहरु खुलारूपमा सीमापारि आउजाउ गर्न नसक्दा र पछिल्लो समय खक्रौला नाका भएर कच्चा पदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजश्वमा वृद्धि भएको प्रमुख शाहको भनाइ छ ।

खक्रौला भन्सारबाट कपडा, मोटर पार्ट्स र हार्डवेयरका सामान बढी आयात हुने गरेका छन् । नेपाल सरकारले पशु, वनस्पति र खाद्य क्वारेन्टाइन स्थापना गरी पशु, वनस्पति र खाद्य सामग्रीको आयात निर्यातको व्यवस्था गरे अझै राजश्व बढ्ने शाह बताउँछन् ।

“खाद्य क्वारेन्टाइन र पशु क्वारेन्टाइन भइदिएको भए खाद्यान्न तथा कृषिजन्य उत्पादन यहाँबाट भित्रिने थिए”, शाहले भने, “यी सबै कार्यालय भए यहाँ राजश्व सङ्कलन अझ बढ्ने थियो ।”

कैलाली भन्सार कार्यालयले पनि जेठ मसान्तसम्म लक्ष्यको ९९ प्रतिशत राजश्व उठाइसकेको छ । भन्सार विभागले कैलाली भन्सार कार्यालयलाई चालु आर्थिक वर्षमा रु आठ अर्ब २१ करोड ७३ लाख ७१ हजार राजश्व उठाउनुपर्ने लक्ष्य तोकेको थियो ।

जेठ मसान्तसम्म रु ८ अर्ब १४ करोड ८१ लाख अर्थात लक्ष्यको ९९ प्रतिशत राजश्व असुली भइसकेको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत अम्बिका केसी बताउँछन् ।

“यस वर्ष हामी लक्ष्य पूरा गर्ने अवस्थामा पुगेका छौँ, लक्ष्य पूरा हुन्छ”, उनले भने, “कैलाली भन्सार कार्यालयबाट यो अवधिमा पेट्रोलियम पदार्थ, चामल, गहुँ, पापड, भुजिया, दालमोठ बिस्कुट, आलुजस्ता वस्तुको आयात धेरै भएको छ ।”

सरकारले सीमा नाकामा रहेका राजश्व कार्यालयलाई व्यवस्थित गरी भन्सार छली हुने क्रियाकलाप नियन्त्रण गर्न सके राजश्व सङ्कलनमा अझै वृद्धि हुने सरोकारवाला बताउँछन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top