आउँदो २२ गतेदेखि भेरोसेलको दोस्रो मात्रा दिइने, कहाँ–कहाँ छन् खोप केन्द्र ?

१६ असार ७८, बिहीबार

१७ असार, काठमाडौं ।

Advertisement

काठमाडौ जिल्लामा ३२ वटा केन्द्रमार्फत भेरोसेलको दोस्रो मात्रा खोप लगाइँदै छ । स्वास्थ्य कार्यालय काठमाण्डौले ३२ वटा खोप केन्द्रमार्फत भेरोसेलको दोस्रो मात्रा लगाइने जनाएको हो । गएको जेठमा भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई आउँदो २२ गतेदेखि दोस्रो मात्रा दिइँदै छ ।

वागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले सूचना निकालेर काठमाण्डौ महानगर, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका र शङ्खरापुर नगरपालिकाका विभिन्न ठाउँका खोप केन्द्रबाट खोप दिइने जनाएको छ।

Advertisement

काठमाण्डौ महानगरका १३ अस्पताल तथा स्वास्थ्य केन्द्रबाट खोप दिइनेछ भने अन्य स्वास्थ्य केन्द्रबाट खोप दिइने छ । भेरोसेलको दोस्रो मात्रा लगाउन असार २२ देखि २४ सम्म आफूलाई पायक पर्ने ठाउँमा बिहान १० देखि दिउँसो ४ बजेसम्म जान आग्रह गरिएको छ । खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top