१७ असार, एजेन्सी ।
चीनका राष्ट्रपति सी जिनपिङले चीन कसैको धम्कीले दब्ने बताएका छन् । कसैले धम्की दिए वा नकारात्मक प्रभाव पार्न खोजेमा त्यसको टाउकोमा प्रहार हुने उनले चेतावनी दिए ।
बिहिबार सत्ताधारी चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै सीले अमेरिकातर्फ लक्षित गर्दै सो चेतावनी दिएका हुन् ।
उनले आफू मात्रै असल भनेर अरूलाई दिने उपदेशलाई नसहने पनि बताए । हङ्कङ्मा भइरहेको भनिएका मानवअधिकार उलङ्घन र दमनका घटनाहरूलाई लिएर चीनको आलोचना भइरहेको समयमा चीनले त्यस्तो चेतावनी दिएको हो ।
हालैको समयमा व्यापार, गुप्तचर क्रियाकलाप र कोरोनाभाइरस महामारीका विषयमा अमेरिका र चीनको सम्बन्ध खराब देखिँदै आएको छ।
