अबको बाटो समृद्धि ः मुख्यमन्त्री राई

१६ असार ७५, आइतबार

इटहरी, असार १७

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली जनताले ठूलठूला बलिदानी गरेर राजनीतिक क्रान्ति गरिसकेकाले अबको बाटो आर्थिक समृद्धि भएको बताएका छन् । मुख्यमन्त्री राईले एक निजी टेलिभिजन एभिन्यूजले शनिबार इटहरीमा आयोजना गरेको स्थापनाको ११ औँ वार्षिकोत्सवका अवसरमा आयोजित बहस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो धारणा राखेका हुन्।

देशले संविधान निर्माणसँगै नेपाली जनतालाई समृद्धिको मार्गतर्फ अघि बढाउन तीन तहको सरकारको समेत चुनाव सम्पन्न गरी नयाँ नीति बजेट र कार्यक्रम धमाधम ल्याउने कार्य गरेको बताउँदै उनले योजना प्रभावकारी बन्न नसक्लाकी भन्ने प्रश्न उब्जनु् स्वभाविक हुनेतर्फ आफूहरु सचेत रहेका छौ भने ।

Advertisement

मुख्यमन्त्री राईले कतिपय सन्दर्भ र विषयमा जनअपेक्षित बजेट व्यवस्थामा ध्यान नपुग्नु प्रभावकारी कार्यक्रममार्फत जनताको घरदैलोमा परिवर्तनको अनुभूति पुग्न नसकेकोतर्फ पनि प्रदेश सरकारले गम्भीर भएर प्रादेशिक बजेट नीतिमा पुनरावलोकन गरिरहेको उल्लेख गरे ।मुख्यमन्त्री राईले अहिले पहिलो चरणमा नै संघीयताको सफल कार्यान्वयन गर्ने मार्गमा आफैँले नीति योजना एवं ऐननियम बनाएर अघि बढ्ने अवस्थामा रहेकाले जनअपेक्षित सफलता प्राप्तिमा कमी कमजोरी देखिन सक्ने स्पष्ट पारे।

उक्त बहस कार्यक्रममा अर्थशास्त्री एवं प्रा डा पीके झाले विश्वका विकसित मुलुकले थोरै समयमा ठूला प्रगति र उन्नति हासिल गर्नुको पछाडि विषयवस्तुको पहिचान र स्पष्ट नीतिसँगै कार्यान्वयन पक्षमा इमान्दार बनेर समर्पित बन्नु नै हो भन्नेतर्फ सबैले हेक्का राख्न जरुरी रहेको बताए । एभिन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारले टेलिभिजनले ११ औँ वार्षिकोत्सव मनाउँदै गर्दा उच्च दक्षतासहितको जनशक्ति तयार पार्दै यो वर्ष तीन प्र्रदेशमा उच्च प्रविधिसहितको प्रादेशिक प्रसारण केन्द्र सञ्चालनमा ल्याएको बताए ।

Advertisement

झोलुंगेपुल उद्घाटन 

इटहरी उपमहानगरपालिका–३ को विकट स्थानमा रहेको सिद्धार्थ टोल र प्रगति टोलको आन्तरिक पर्यटकीय क्षेत्र खोर्साने खापलाई एकआपसमा जोड्न शेरा खोलामा निर्माण गरिएको झोलुंगे पुलको प्रदेश १ का सांसद एवं नेकपा नेता सर्वध्वज सावाले शनिबार उद्घाटन गरे ।

इटहरी डुबानका अभिसापका रुपमा लिने गरिँदै आएको शेरा खोलामाथि सरकारको जिल्ला प्राविधिक कार्यालयको प्रत्यक्ष निगरानी र लगानीमा रु ७३ लाख ८४ हजारको लागतमा निर्मित उक्त झोलुंगे पुल ९३ मिटर लामो रहेको जिल्ला प्राविधिक कार्यालय सुनसरीका डिभिजनल इञ्जिनियर जीतेन्द्रकुमार कर्णले जानकारी दिए ।
रासस

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top