युरोपमा फेरि बढ्यो संक्रमितको संख्या, नयाँ लहर सुरु हुने डब्लुएचओको चेतावनी

१७ असार ७८, शुक्रबार

१८ असार, एजेन्सी ।
युरोपेली देशहरूमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको देखिएको छ।

Advertisement

विश्व स्वास्थ्य संगठनले झण्डै दुई महिनापछि सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि भएको बिहीबार जानकारी दिएको हो।

डब्लुएचओले सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि हुँदा अर्को चरणको महामारी फेरि सुरु हुनसक्नेतर्फ चिन्ता व्यक्त गरेको छ।

Advertisement

कोरोनाभाइरसको महामारी फैलिन नदिने उपायहरुप्रति बेवास्ता गरेमा महामारी फेरि फैलिने खतरा रहेकाले त्यसतर्फ सवै तत्काल सतर्क हुनुपर्ने संगठनको जोड छ।

‘युरोपेली क्षेत्रमा महामारीको अर्को चरण सुरु हुनसक्ने खतरा देखिएको छ, त्यसैले महामारी नियन्त्रण गर्न अपनाउनु पर्ने उपायहरुप्रति सबै सतर्क हुनुपर्दछ,” संगठनको युरोप क्षेत्रीय कार्यालयका निर्देशक हान्स क्लुगले भने।

Advertisement

उनले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार युरोपेली क्षेत्रमा अहिले १० प्रतिशतको दरले सङ्क्रमितको सङ्ख्यामा बृद्धि भएको हो।

उनले युरोपेली देशहरुमा सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने र साबुन पानी वा सेनिटाइजरको प्रयोग गर्ने कार्यलाई कडाइका साथ गर्न गराउन पनि आग्रह गरे।

नयाँ चरणको महामारीमा डेल्टा भेरियन्ट फैलिने भएकाले यसले थप क्षति हुने सम्भावना बढिरहेको उनले बताए।

उनले खोप लगाउने अभियानलाई पनि उच्च प्राथमिकताका साथ अगाडि बढाउन पनि सबै देशका अधिकारीलाई आग्रह गरे।

उनले भने, ‘खोपले डेल्टा भेरियन्टको कोरोनाभाइरसबाट बचाएको देखिएको छ, त्यसका लागि दुई मात्रा खोप लगाउनु अति राम्रो हुन्छ।’

युरोपेली देशहरुमा औसतमा २४ प्रतिशतले खोप लगाएको पाइएको तथ्याङ्क पनि उनले पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top