सामरी खोलाको बाढीले दुईवटा पुल बगायो

१७ असार ७८, शुक्रबार

१८ असार, मकवानपुर ।
बुधबारदेखि अविरल वर्षासंगै सामरी खोलामा आएको बाढीले मकवानपुरगढी गाउँपालिकामा रहेको दुईवटा पुल बगाएको छ। बाढीले बन्दै गरेको र सञ्चालनमा रहेको दुईवटा पुल बगाएको हो।

Advertisement

गाउँपालिकाको अध्यक्ष विदुर हुमागाईंको अनुसार वडा नम्वर ३ र ५ को धादिङ र कालीखोलालाई जोड्ने निर्माणाधीन पुल सामरी खोलामा आएको बाढीले बगाएको हो।

पाँच करोड ३७ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको पक्की पुल बाढीले बगाएको उनले बताए।

Advertisement

त्यस्तै, सिमलटार र कालीवन जोड्ने फलामे पुल ज्यामिरे खोलाले बगाएको हुमागाईंले जानकारी दिए। गाउँपालिकामा रहेको अन्य खोलाहरुमा पनि पानीको बहाव बढेको र धेरै बस्तीहरु जोखिममा रहेको उनले बताए।

ज्यामिरे खोलाले सोलिथुममा पनि क्षति पु¥याएको जानकारी आएको भन्दै त्यसतर्फ लागेको उनले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top