१९ असार, एजेन्सी ।
अमेरिकाको हवाइ प्रान्तको राजधानी होनोलुलुमा एक बोइङ ७३७ कार्गो विमान दुर्घटना भएको छ ।
विमानको इन्जिनमा केही खराबी आएको बताइएको छ । फेडरल एभिएसन अथोरिटीका अनुसार विमानमा सवार दुई जनाको जीवितै उद्धार गरिएको बीबीसीले जनाएको छ ।
दुर्घटना भएको विमान होनोलुलुबाट माउई द्वीपतर्फ जाँदै थियो । तर, एयरपोर्टबाट उडान भरेर केवल दुई माइल पर पुग्ने बित्तिकै विमान पानीमा खसेको थियो ।
दुर्घटनाका सम्बन्धमा फेडरल एभिएसन अथोरिटी र ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले अनुसन्धान गर्ने भएका छन् ।
