विराटनगर,असार १७
विराटनगरमा सुविधा सम्पन्न ‘होटल हन्ड्रेड पर्सेन्ट एण्ड फेमिली रेष्टुरेन्ट’ शुक्रबार बाट सञ्चालनमा आएको छ ।विराटनगर महानगरपालिका – ६,महावीर चौक स्थित रहेको सो होटल एण्ड रेष्टुरेन्ट ग्राहक वर्गको स्वाद र रुचीलाई ध्यानमा राखेर सञ्चालनमा ल्याएको सञ्चालक सुमित जैसवालले बताए ।
सो होटलमा खाना तथा नास्ताका विभिन्न परिकारहरु : पिज्जा ,म :म, बर्गर, लस्सी, सफ्ट ड्रिंक ,थकाली खाना लगायतका विभिन्न परिकारहरु पाउनुका साथै बारको पनि सुविधा लिन सकिने जनाईएको छ । ग्राहकहरुका लागि एसि,फ्रि वाईफाईको सुविधा तथा होम डेलिभरीको व्यवस्था पनि गरिएको सञ्चालक जैसवालले बताए ।
यस होटलमा आउने सम्पुर्ण ग्राहकहरुको लागि होटलले दिने सेवामा एक महिना सम्म २० प्रतिशत छुटको ब्यबस्था गरिएको छ ।